फालेलुङ, पाँचथर।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फालेलुङ गाउँपालिकामा अहिलेसम्मकै ठूलो ऐतिहासिक म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने मूल नारासहित परिवर्तन संघ फालेलुङको आयोजनामा आगामी चैत १६ गते पुरुष म्याराथन प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता फालेलुङ-३ स्थित प्रेमवादी सामुदायिक भवन नाम्लवा भञ्ज्याङबाट सुरु भएर फालोट गोर्खेपानी बीओपी क्याम्पसम्म पुग्नेछ र पुनः सोही स्थानमा फर्किने गरी कुल ४४ किलोमिटर दूरी तय गर्नेछ। प्रतियोगिताबारे आयोजक रावण राईले जानकारी दिएका छन्।

ऊनको स्वीटर टेजर

म्याराथन प्रतियोगिताले फालेलुङ गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै, समाज परिवर्तनको अभियानसँगै युवाहरूलाई दुर्व्यसनमुक्त बनाउन पनि यो कार्यक्रम प्रभावकारी हुने आयोजक सदस्य विकास थाम्सुहाङले बताए।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम चैत १७ गते आयोजना गरिनेछ। समापन समारोहमा फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर बिक्रम थाम्सुहाङ प्रमुख अतिथि रहनेछन् भने परिवर्तन संघका केन्द्रीय अध्यक्ष ओशन राई र गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू विशेष अतिथि रहनेछन्।

विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान हासिल गर्ने धावकले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो स्थानका धावकले २७ हजार २२७ रुपैयाँ र तेस्रो स्थानका धावकले १२ हजार २१२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजक संस्थाले नै पुरस्कारको व्यवस्थापन गरेको भए पनि स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग प्राप्त नभएको गुनासो आयोजकले गरेका छन्।

खेलकुद बिकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानका अनुसार यस्तो ऐतिहासिक प्रतियोगिता सञ्चालन गर्नु चुनौतीपूर्ण छ। उनले खेल क्षेत्रको प्रवर्द्धनका लागि सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रतियोगितालाई औपचारिक रूपमा दर्ता गरेर सञ्चालन गर्न सके अझ प्रभावकारी हुने सुझाव दिए।

प्रतियोगिताको मुख्य आयोजक परिवर्तन संघ फालेलुङ रहेको छ भने सह-आयोजकका रूपमा हेभेन्ली निर्भाणा पाथ फालेलुङ रहेको आयोजक जेकराज राईले जानकारी दिए।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय