फालेलुङ, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-७ सिदेनमा सिदिन सामुदायिक क्लबको १४औं वार्षिक उत्सव तथा तुम्देन मेलाको अवसरमा महिलाहरूका लागि लुङ्गी फुटबल प्रतियोगिता आयोजना गरिएको छ।

फाल्गुन १२ गते फालेलुङ-७ बाँस्बोटेमा आयोजित विशेष खेलमा प्रतियोगिताका नियमअनुसार सहभागी महिलाहरूले लुङ्गी लगाउनुका साथै विवाहित र आमा भइसकेका हुनुपर्ने शर्त थियो। यो ऐतिहासिक खेल पहिलो पटक आयोजना गरिएको भन्दै स्थानीयले रोमाञ्चक अनुभव लिएको बताए। प्रतियोगितामा आयोजक सिदिन सामुदायिक क्लब र हिङ्खामदेन सिदिन टिमबीच प्रतिस्पर्धा भएको थियो। खेलमा हिङ्खामदेनका सुशीला देवनले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएकी थिइन्। विजेता टोलीले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको क्लबका सचिव हर्के केरुङले जानकारी दिए।

ऊनको स्वीटर टेजर

त्यसै दिन पुरुष फुटबल प्रतियोगिताको उद्घाटनसमेत गरिएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ थिए। उनले क्लबको १४औं वार्षिक उत्सवको अवसरमा क्यान्डल बालेर उद्घाटन गरेका थिए। सोही अवसरमा फालेलुङ गाउँपालिकाका कर्मचारी टिम र दीप ज्योति युवा क्लबबीच रोचक मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएको थियो। निर्धारित समयसम्म गोलरहित खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसमा दीप ज्योति युवा क्लब विजयी भयो। विजेता टोलीलाई १८ केजीको खसी पुरस्कार प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष प्रकाश केरुङले जानकारी दिए।

परापूर्वकालदेखि नै शिक्षा मेलाका रूपमा परिचित तुम्देन मेलाले पछिल्लो समय लिम्बू भाषाको ‘तुम्देन’ (भेटघाट) शब्दलाई आधार बनाएर आफ्नो मौलिक पहिचान स्थापित गरेको आयोजकले जनाएको छ। मेलाको अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको आयोजकले जानकारी गराएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय