फालेलुङ, पाँचथर।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङमा आगामी पुस ५ गतेदेखि १० गतेसम्म १७औं पुसेमेला अन्तर्गत फुटबल प्रतियोगिताको खेलतालिका सार्बजनिक गरेका छन् ।

“बिविधतामा एकता, सामाजिक सहिष्णुतामा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ तीनसिमाना जनसेवा समाज, मेमेङको आयोजनामा चौथो मेमेङ कप खुल्ला पुरुष तथा वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा खुल्ला पुरुष तर्फ १५ टिम र महिला वडा स्तरीय नकआउट तर्फ ८ टिमले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिता मुकुसाम्बा गणतान्त्रिक खेलमैदानमा हुनेछ।

खेलतालिका

प्रतियोगिताको पहिलो दिन पुस ५ गते पुरुष तर्फका खेलहरु:

  • उद्घाटन खेल: आयोजक तीनसिमाना मेमेङ र मनकामना च्याम्फुवा
  • दोस्रो खेल: चर्चवाइज भैसे र सूर्यदय युवा क्लब लाफे
  • महिला तर्फको पहिलो खेल:
  • फालेलुङ–४ नम्बर वडा र ६ नम्बर वडा
  • दोस्रो खेल: फालेलुङ–१ नम्बर वडा र ३ नम्बर वडा
  • पुरस्कार राशि
  • पुरुष तर्फ विजेता: नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र
  • उपविजेता: नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
  • महिला तर्फ विजेता: नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र
  • महिला तर्फ उपविजेता: नगद रु. २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र

 

विगतका वर्षहरुझैं यस वर्ष पनि फुटबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजक संस्थाका अध्यक्ष लेन्जो सावदेनले जानकारी दिनुभयो। प्रतियोगिताले खेलकुदको माध्यमबाट सामाजिक एकता र सद्भाव थप बलियो बनाउने विश्वास गरिएको छ।

खेलतालिका :-

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय