फालेलुङ मेमेङ, पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ-४ मेमेङमा यस वर्ष पनि १७ औं संस्करणको पुसेमेला आगामी पुस ५ गतेदेखि १० गतेसम्म आयोजना हुने भएको छ। “विविधतामा एकता, सामाजिक सहिष्णुतामा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ तीनसिमाना जनसेवा समाज मेमेङ नेपालको आयोजनामा मेलाको तयारी भइरहेको छ।

मेलाको प्रमुख आकर्षणको रूपमा पाचौं मेमेङ कप खुल्ला पुरुष तथा फालेलुङ गाउँपालिका वडा स्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने आयोजक सचिव गजेन्द्र थाम्सुहाङले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

 

फुटबल प्रतियोगिता मुकुसाम्बा गणतान्त्रिक खेलमैदानमा आयोजना हुनेछ। आयोजक संस्थाका अध्यक्ष लेन्जो सावदेनका अनुसार, यसअघि पनि यो प्रतियोगिता बृहत् रूपमा आयोजना हुँदै आएको छ, जसमा फुटबलसँगै सांस्कृतिक कार्यक्रमहरूले मेलालाई थप रंगीन बनाउने गरेका छन् ।

पुरुषतर्फको विजेताले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। महिलातर्फको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

पुरुष खेलका लागि इन्ट्री शुल्क ४ हजार तोकिएको छ भने महिला खेलका लागि २ हजार निर्धारण गरिएको छ। खेलमा सहभागी हुन चाहने टोलीहरूले मंसिर ३० गतेभित्र सम्पर्क गर्नुपर्नेछ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय