काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुसी लागेको बताएका छन्।

Pasupati Ayurvedic
Nepalitheme

बुधवार काठमाडौँमा चलचित्र अञ्जिलाको बारेमा आयोजित अन्तरसंवादमा बोल्दै कप्तान चेम्जोङले फुटबलको क्षेत्रमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुसी लागेको बताएका हुन्। उनले अञ्जिला चलचित्रले १ अर्ब कमाउनेमा विश्वस्त रहेको बताए।

चलचित्र अञ्जिलाको निर्माण टिमले आज काठमाडौँमा अन्तरसंवाद गरेको थियो। जसमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान चेम्जोङ, महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बाहापो, प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सांसद सुहाङ नेम्वाङ रहेका थिए। चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिलाको जीवनीमा केन्द्रित छ।

ऊनको स्वीटर टेजर

कार्यक्रममा बोल्दै कप्तान अञ्जिलाले पहिलोपटक युरोपमा खेल्न जाने मौका मिलेको भन्दै खुसी व्यक्त गरिन्। कार्यक्रममा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अञ्जिलाको जीवनीबाट सपनाको कुनै पनि सिमाना नहुने प्रमाणित हुने बताए। खेलेरै जीवन बनाउन सकिन्छ भन्ने प्रमाणित भएको उनले बताए।

निर्देशक मिलन चाम्सले चलचित्र निकै रोचक रहेको बताए। अञ्जिलाको संघर्ष र सफलताका कुरा कथामा समेटिएको र कथाले अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताए।

निर्देशक चाम्सले चलचित्र हेर्न जान सबै दर्शकलाई आग्रह गरे। चलचित्र अञ्जिला माघ ११ गतेबाट देशभर प्रदर्शन हुँदै छ।

चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको अभिनय छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय