पाँचथर

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको जेभालेमा सम्पन्न नरबहादुर रिमाल स्मृति कप २०८१ को उपाधि थाङसाङ क्लब फिदिमले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा ब्वाईज युनियन क्लब फालेलुङलाई ३–१ गोलले पराजित गर्दै थाङसाङ क्लबले विजयी उपाधि हात पारेको हो।

फाइनलमा थाङसाङ क्लबले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता ब्वाईज युनियन फालेलुङले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्दै सान्त्वना पुरस्कारमा चित्त बुझायो।

ऊनको स्वीटर टेजर

खेलमा थाङसाङ क्लबका नवराज गुरुङले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा खेल बराबरीमा रहेपनि दोस्रो हाफमा दुबै टिमले आक्रामक खेल प्रस्तुत गरे। दोस्रो हाफको अन्तिम समयमा नवराज गुरुङले खेलको पहिलो गोल गरे भने फालेलुङका समिर तामाङले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए।

निर्धारित समयमा दुबै टोली बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो। अतिरिक्त समयमा थाङसाङ क्लबका निर्देश राई र नवराज गुरुङले गोल गर्दै टोलीलाई ३-१ को विजय दिलाए। फालेलुङले खेलको अन्तिम समयमा थाङसाङको आक्रमणलाई रोक्न नसक्दा उपविजेतामा सीमित हुनुपर्‍यो।

प्रतियोगितामा थाङसाङ क्लबका निर्देश राई उत्कृष्ट खेलाडी घोषित भए भने सुकेटा फुटबल क्लबका प्रकाश राई सर्वाधिक गोलकर्ता बने। ब्वाईज युनियनका रोशन धिमाल उत्कृष्ट डिफेन्डरको रुपमा सम्मानित भए भने फिदिमका बिवेक मगर उत्कृष्ट गोलकिपर बने। आयोजक जेभाले फुटबल क्लबका युन्सन राई उदयमान खेलाडीको रुपमा पुरस्कृत भए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्देम्बेले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरे। दशमी मेला आयोजक समितिको आयोजना तथा अध्यक्ष जितेश राईको अध्यक्षतामा फुटबल प्रतियोगिता सम्पन्न भएको हो। पुख्र्यौली थलो जेभाले भएकै कारण स्वर्गीय नरबहादुर रिमालको स्मृतिमा यो प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा आयोजकसहित १६ टिमले भाग लिएका थिए।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय