खानेपानी सिचाइ सूचना

पाँचथर ।

Nepalitheme

ऐतिहासिक स्थलको संरक्षण तथा प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले तीनै तहका सरकारबाट लगानी भएपछि पाँचथरको फिदिम नगरपालिका–९ स्थित लाओती चोलुङ पार्क आकर्षणको केन्द्र बन्दै गएको छ। हालै उक्त पार्कमा निर्माण भएका पूर्वाधारहरूको स्थलगत अवलोकन गर्न प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो लगायत सरोकारवाला टोली पुगेको छ।

लाओती अर्थात लावती समुदायले आफ्ना पुर्खाको सम्मानमा पवित्र स्थलका रूपमा विकास गर्न उक्त पार्कको लागि निःशुल्क जमिन उपलब्ध गराएका हुन्। करिब दस रोपनी क्षेत्रफलमा विस्तार हुँदै गरेको पार्क निर्माणको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ। पूर्व वडाध्यक्ष तथा पार्क संरक्षण संयोजक बालकृष्ण लावतीका अनुसार यस क्षेत्रमा लाओती चोलुङ पार्कको रूपमा पूर्वाधार विकास भइरहेको छ।

ऊनको स्वीटर टेजर

पार्क निर्माणका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ। यसअघि संघीय सरकारबाट ३० लाख र फिदिम नगरपालिकाबाट २५ लाख रुपैयाँ लगानी भइसकेको थियो। यसबाहेक, गत वर्ष प्रदेश सरकारबाट पाँच लाख र स्वदेश तथा विदेशमा रहेका लाओती समुदायका व्यक्तिहरूको सहयोगमा करिब २० लाख रुपैयाँ लगानी भइसकेको छ।

लाओती स्याङका केन्द्रीय अध्यक्ष जीतबहादुर लावतीका अनुसार करिब दुई करोड रुपैयाँभन्दा बढी लगानीमा उक्त पार्कको विस्तृत कार्ययोजना बनाइएको छ र काम तीव्र गतिमा अघि बढिरहेको छ। पार्क परिसरमा १० फिट अग्लो ढुंगाको चोलुङ (स्तम्भ) निर्माण भइसकेको छ भने पापोहाङ सामुदायिक भवन, पुर्खाको शालिक राख्ने स्थान, सि‍ढी तथा अन्य पूर्वाधारहरू निर्माण भइरहेका छन्।

शहरी विकास आयोजनामार्फत निर्माण भइरहेको पूर्वाधारहरूको अवलोकनपछि प्रदेशसभा सदस्य इन्द्रबहादुर आङबोले बाँकी निर्माण कार्य सम्पन्न गर्न आगामी वर्षमा पनि प्रदेश सरकारमा बजेट विनियोजनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

 

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय