
पाँचथर।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचथरको १९ औं जिल्ला अधिवेशनबाट बिश्वमित्र घिमिरे अध्यक्षमा चयन भएका छन्।
बिहीवार फिदिमको जिससको सभाहलमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा ३१ सदस्यीय कमिटी निर्विरोध चयन भएको हो। यसमा अध्यक्ष बिश्वमित्र घिमिरेका साथै उपाध्यक्षमा बिर्शिका नेम्वाङ र बिमला पूरी, सचीवमा योम्बाहाङ योङहाङ, सहसचिवमा सुरेश माझी र कार्मिन आङ्देम्वे, र कोषाध्यक्षमा रुविना आचार्य चयन भएका छन्। निर्वाचित उपाध्यक्ष बिमला पूरीले जानकारी दिइन्।

अधिवेशनमा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्ली र विशेष अतिथी अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष जिबि गजल उपस्थित थिए ।