
नेपालको अत्यन्तै लोकप्रिय चाड साकेला उभौलीको सुखद र ऐतिहासिक अबसरमा यो विश्व ब्राह्मण्ड/पृथ्वी अर्थात यो प्रकृति सग निर्भर सम्पुर्ण मानव जातिहरु र सारा चराचर प्राणी जगत सबै सबैलाई हार्दिक सुबेक्षा तथा सुभकामना व्यक्त गर्दछु ।
प्रकृति पुजक किरातीहरुको महान चाड यलेदोङ संवत्/किरात संवत ५०८५ को उभौली साकेला सुरुवात भएको छ । प्राचीन कालमा मानव उत्पत्ति र विकाशको क्रममा तिथि मिति को सुरुवात भएको थिएन । त्यस समयमा हाम्रा पुर्खाहरुले प्रकृतिमा देखिन प्राकृतिक परिवर्तनहरु जस्तैः चिसो अर्थात जाडो मौसमको अन्त्य हुँदै जाने र गर्मी सुरु हुने, गर्मी सुरु भए सगै तल बेसि तिर बस्न र रमाउने अनुकुल वातावरण नहुने हुँदा अनुकुल वातावरण खोज्दै अर्थात न्यानो/सितल खोज्दै कर्याङकुरुङ चराहरु लामबद्द भएर कराउदै उभो उभो लेक तिर जाने, बन-जंगलका चराचुरुङ्गीहरु, जंगली जनावरहरु, भेडिगोठहरु, खोलाका माछाहरु सबै न्यानो सितल खोज्दै उभो उभो लेक तिर जाने भएकोले यस्तो किसिमको प्रकृतिमा देखिने गतिविधिहरुलाई मध्यनजर गरेर यो समयलाई उभौलीको रुपमा मान्दै आए ।

उभौलीमा नाचिने साकेला कस्तो हुन्छ/हुनुपर्छ?
यो समयमा बालीनाली लगाउने समय भएकोले मुन्दुमी नायक धामी/माङ्पा/बिजुवाले प्रत्यक किरातीहरुको घरमा राखिएको तीन चुलालाई प्रकृति र पित्रृ (बितेर जानू भएको हाम्रो पुर्खाहरु) को सांङ्केतिक अर्थात दार्शनिक अर्थ बोकेको प्रकृति र बितेर गएको पुर्खाहरुको नाम लिदै आफुले लगाएको अन्न-बालिहरु राम्रो सग फुलोस, फलोस, कुनै पनि प्राकृतिक बिपत्ति नआवस, हामीले लगाएको अन्नबाली जोगाईदिनु होला, हामी मानव जाती अर्थात यो धर्तिमा रहेको सबै प्राणीहरुको रक्षा गरिदिनु होला । यो प्रकृतिमा निर्भर मानवहरु, प्राणीहरु, पशुपंन्क्षीहरु सबैको लागि अनुकूल वातावरण बनिरहोस । हामीबाट जान अन्जानमा भएको गल्तिहरु, कमिकमजोरीहरुको लागि क्षमाप्रार्थी छौँ । हामीलाई पर्याप्त बुद्धि, विबेक र चेतना दिनु होला भनेर मुन्दुमी नायक धामी/बिजुवा/माङ्पा/नछुङ/नाक्छोद्वारा प्रकृति र पितृ/तीन चुला (बितेर गएको पिता पुर्खाहरु) लाई साक्षी राखेर बिन्ती चढाउदै बल शक्ति माग्ने र मानव जगत र यो चराचर श्रृष्टि जगत कै रक्षा गरिदिनु भनेर बल शक्ति र आशीर्वाद माग्दै एक आपसमा भेला भएर ढोल र झ्याम्टाको तालमा साकेला सिलि नाच्दै खुशी बाडिन्छ ।
उभौलीको समयमा विशेष गरि अन्नबाली लगाउने समय भएको हुनाले अन्न बाली लगाउने क्रममा खेत, बारी खन्ने, जोत्ने, बीउ छर्ने, रोप्ने, गोडमेल गर्ने भएको हुनाले यिनै कामहरु साकेला सिलि मार्फत नक्कल गर्दै प्रस्तुत गरिन्छ साथै प्रकृतिमा रहेको कर्याङकुरुङ चराहरु, माछाहरु, छेपारो, झिगा जस्ता प्राणीहरुको समेत नक्कल गर्दै साकेला सिलि प्रस्तुत गरिन्छ ।
उधौली चाड के हो ? कसरी थाहा पाउने ?
उधौली चाड पनि प्रकृतिमा आएको परिवर्तनहरु जस्तैः जब गर्मियाम सकिदै जाने र चिसो बढ्दै जाने क्रममा उभाैलीमा तल बेसी तिरबाट न्यानो सितल खोज्दै आएको कर्याङकुरुङ चराहरु, खोलाको माछाहरु, भेडिगोठहरु, जंगली पशुपंन्क्षीहरु माथी माथी हिमाल तिर/लेक तिर अत्याधिक चिसो हुने हुदा उधौलीको समयमा बस्न नसकिने भएको हुनाले आफू अनुकुल वातावरण खोज्दै फेरि तल तल बेसि तिर न्यानो खोज्दै झर्ने हुँदा यी र यस्ता प्राकृतिक गतिबिधिहरुलाई मध्यनजर गरेर यो समयलाई हाम्रो पुर्खाहरुले उधौली को रुपमा मान्दै आउनु भयो ।
उधौली चाडमा कस्तो सिलिहरु टिपिन्छ/टिप्नु पर्छ/ प्रस्तुत गर्नु पर्छ ?
उधौलीको समयमा बालिनाली उठाउने समय भएको हुनाले नयाँ अन्नबाली उठाएपछि मुन्दुमी नायक धामी/नछुङ/बिजुवा/नाक्छोले प्रत्यक किरातीहरुको घरमा राखिएको तीन चुला पुज्ने गर्नु हुन्छ । त्यो तीन चुला नाङ्गो आखाले हेर्दा ढुंङा भए पनि त्यसको अर्थ प्रकृति/पितृ (बितेर गएको आफ्नो पुर्खाहरु) को सांकेतिक, वैग्यानिक र दार्शनिक रुप हो । यसरी सांकेतिक रुपमा राखिएको तीन चुला पुज्ने क्रममा नयाँ अन्नबाली उठाएपछि सर्वप्रथम प्रकृति र पितृहरुलाई चढाएर मानव जातिले लगाएको अन्नबालीलाई प्राकृतिक बिपत्तिबाट जोगाई दिएकोमा प्रकृति र पितृलाई धन्यवाद दिदै मानव जातिले उठाएको अन्नबालीले बर्षभरी खानु पुगोस्, कसैलाई पनि अनिकाल नलागोस, कोहि पनि भोकै बस्नु नपरोस् है, हामी अन्जान तपाईको सन्तानहरुबाट केही गल्ती भएको छ भने हामीलाई माफ गरिदिनु होला, हामीलाई सकारात्मक बुद्धि, विबेक र विचार दिनु होला भनेर आशीर्वाद माग्दै एक आपसमा भेला भएर ढोल र झ्यम्टाको तालमा र साकेला सिलिको तालमा नाच्दै खुशियाली मनाईन्छ ।
उधौलीको समयमा अन्न बाली उठाउने समय भएको हुनाले अन्नबाली उठाउदा गरिने कामहरु जस्तैः धान काट्ने, बिट्टा बोक्ने, धान झाट्ने, धान बताउने, उठाउने, कोदो टिप्ने जस्ता कामहरु गरिने भएको हुनाले उधौलीको समयमा साकेला सिलि नाच्दा अन्नबाली उठाउदा गरिने गतिविधिहरु नै साकेला सिलि (नाच) मार्फत प्रस्तुत गरिन्छ ।
निष्कर्ष : अहिलेको वर्तमानमा परिपेक्षलाई हेर्ने हो भने उभौली र उधौलीलाई अधिकांस नयाँ पुस्ताहरुले केवल नाचगान र रमाइलो गर्ने चाडको रुपमा मात्र बुझेको देखिन्छ तर उभौली र उधौली चाड मार्फत हाम्राे पुर्खाहरुले दिनु खोजेको सन्देश के हो भने प्राचीन कालमा मानव उत्पत्ति र विकाशको क्रममा नै हामी मानव जातिहरुको श्रृष्टिकर्ता/ श्रृष्टिदाता कुनै काल्पनिक भगवान वा अदृश्य शक्ति नभई यहि प्रकृति नै मानव जातिहरुको श्रृष्टिकर्ता/ श्रृष्टिदाता हो । किन भने यो प्रकृतिले नै प्राचीन युगमा कुनै न कुनै पारस्परिक सम्बन्ध/प्रक्रिया द्वारा मानव जातीको श्रृष्टि गर्नु भयो । हामी यहीँ प्रकृतिमा उत्पती भयौं र यहि प्रकृतिमा नै हाम्रो अन्त्य हुन्छ । हामी बाचिन्जेल हामीलाई बाच्नको लागि अनुकुल वातावरण र अन्नबाली यहीँ प्रकृतिमा नै उत्पादन हुन्छ । त्यसकारण प्रकृतिलाई हामीले सधैं पुजा गर्नु पर्छ, प्रकृति प्रती आभारी र धन्यवाद दिनु पर्छ, प्रकृतिलाई असर पर्ने कुनै पनि काम गर्नु हुदैन । विकाशको नाममा जथाभावी डोजर चलाउने, भत्काउने, बिगार्ने काम गर्नु हुँदैन । यसरी प्रकृतिलाई असर पर्ने कामहरु गरियो भने त्यसको प्रत्यक्ष असर हामी स्वय मानवहरुले नै भोग्नु पर्छ र भोगिरहेको छौं । हाम्रो पुर्खाहरुले प्राचीन काल देखि नै हामीलाई उभौली र उधौली चाडको माध्यमबाट सिकाउनु भएको अत्यन्तै शान्दर्भिक, तार्किक, वैग्यानिक तथा दार्शनिक ज्ञान, अनुभव र संदेश हामीले आत्मासाथ गर्नु नसक्दा अहिले हामी मानवहरु पहिलेको हाम्रो पुर्खाहरु जस्तो निरोगी, स्वास्थ्य, बलियो र लामो उमेर सम्म बाच्न सकिरहेको छैनौं । हाम्रो आयु दिनानुदिन कम हुँदै गैरहेको छ । हामीहरु कुनै न कुनै रोगहरुले ग्रसित छौं ! जुन अत्यन्तै दु:खद, भयावह र डरलाग्दो समस्याहरु बढ्दो रुपमा भोगिरहेको छौं । अब पनि हामी नसच्चिने हो भने …….. अर्थहिन उभौली र उधौली चाड मनाईरहनुको अर्थ हुँदैन ! तसर्थ हाम्रो पुर्खाहरुले मानव उत्पत्ति काल देखि नै हामीलाई सजक र सचेत बनाउन दिनु भएको अत्यन्तै बौद्धिक, तार्किक, बैज्ञानिक तथा दार्शनिक तहको ज्ञान/उपदेशलाई आत्मासाथ गरौं अर्थात व्याबहारमा उतारौ । हरेक गाउँ, बस्ती र शहरहरुमा समेत उपयुक्त ठाउँहरुमा अत्याधिक बोट बिरुवाहरु रोपौ (बृक्षारोपन गरौं)। विकाशको नाममा जथाभावी डोजर चलाउने र प्रकृतिले नै बनाएको बलियो भिर-पहरा, वन-जंगलहरु डोजर लगाउने, भत्काउने, बिगार्ने काम बन्द गरौं र त्यस्ता गतिविधि गर्नेहरु प्रती खबरदारी गरौं । जसरी प्राचीन युगमा हराभरा वज-जंगल र स्वच्छ हावा पानीहरु थिए । त्यसरी नै हराभरा र स्वच्छ वातावरण पुनः सुधारमा जुटौं । हामीलाई हाम्रो पुर्खाहरुले सिकाउनु भएको ज्ञान, अनुभव, संस्कार, संस्कृति र चाड-पर्वहरुलाई जुन संदेश र अर्थ बोकेको छ सोही अनुरुप अनुसरण गर्दै जाउ र पुस्तान्तरण गर्दै जाउ । यो नै मुन्दुमले दिएको ज्ञान हो भन्दै फेरि पनि किरात संवत् ५०८५ को लोकप्रिय उभौली चाडको सुखद र ऐतिहासिक अबसरमा संसार भरी छरिएर रहनु भएको सबै सबै मानव जातिहरु र यो प्रकृतिमा रहेको सारा चराचर जगत सबैको कल्याण होस् ।सबैमा मानवीय गुण भरिपुर्ण होस् । अमानवीय गुणहरु सबैले त्यागौ भन्दै अत्यन्तै विशुद्ध र पवित्र मनले उभौली साकेलाको सुभकामना व्यक्त गर्दछु । यहाँहरुको उन्नति, प्रगति, समृद्धि तथा सुख, शान्ती र मानवीय गुणले भरिपुर्ण ज्ञान प्राप्त होस् ताकी यो मानव संसारमा कसैले पनि भोकै बस्नु नपरोस्, कोहि पनि अन्यायमा नपरुन, कोहि पनि एक्लै हुन नपरोस्, कोहि पनि रुन नपरोस् भन्दै उभौली चाडको पवित्र सुभकामना व्यक्त गर्दछु ।
Bhogindra Chamling Rai (भोगिन्द्र चाम्लिङ राई)
उपाध्यक्ष – किरात राई यायोक्खा प्रबाश शाखा केन्द्रिय कार्य समिती दमाम शाउदी अरब ।
आर्थिक संयोजक – साल्पा सिलिचुङ सरोकार, संरक्षण, तथा प्रबर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समिति ।
तस्विरहरु-