
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परीक्षा सार्न अनुरोध गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ।
