फिदिम। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेल्ली बृज अन्तिम चरणमा पुगेको छ।

Nepalitheme

पछिल्लोपटक २०८१ सालको असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाले पुरानो बेल्ली बृज बगाएपछि अस्थायी रूपमा होम पाइप राखेर यातायात सञ्चालन गरिएको थियो। हाल निर्माण भइरहेको बेल्ली बृज सिंगल स्पानको नेपालमै सबैभन्दा लामो हुने जनाइएको छ।

सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर सिताराम गौतमका अनुसार, “अबको १० दिनभित्र बृज पूर्ण रूपमा जोडिनेछ र त्यसपछि यातायात नियमित रूपमा सञ्चालनमा आउँनेछ।” उनका अनुसार संघीय सरकारको बजेटबाट ३ करोड ४९ लाख रुपैयाँमा ‘दोवान सुपर सौगात लाइट बेल्डर जेभी’ कम्पनीलाई निर्माण कार्यको जिम्मा दिइएको हो।

ऊनको स्वीटर टेजर

हालसम्म ७० प्रतिशत संरचनागत काम सम्पन्न भइसकेको र फिदिमपट्टि २ हजार ६ सय घनमिटर जक राखिएको गौतमले बताए। पुलको हिलिहाङपट्टि जक जडान गर्ने काम भने भैरहेको छ। साथै, ४ सय मिटर पक्की पर्खाल संरचना पनि निर्माण भइसकेको छ।

यो सिंगल स्पान बेल्ली बृज ७० मिटर लामो र १० मिटर उचाइमा रहेको छ भने यसले २५ टनसम्म भार बोक्न सक्ने क्षमता राख्दछ। गौतमका अनुसार उचाइ धेरै भएकाले यो पुल सुरक्षित पनि हुने छ।

बेल्ली बृज निर्माण हुनुअघि अस्थायी नगरपालिका तथा पूर्वाधार विकास समितिको पहलमा ३२ वटा होम पाइपमार्फत सवारी साधन सञ्चालनमा ल्याइएको थियो। नयाँ बृज सञ्चालनमा आएपछि ताप्लेजुङसहित पाँचथरका विभिन्न स्थानीय तहहरूमा खाद्यान्न ढुवानी, आवागमन र आकस्मिक स्वास्थ्य सेवामा सहजता पुग्ने स्थानीयवासीले बताएका छन्।

सडक डिभिजन कार्यालय इलामका अनुसार आगामी असार पहिलो हप्ताबाट बृजमार्फत सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि २०८० सालको असारमा आएको बाढीले पक्की मोटरेबल पुल बगाएपछि बेल्ली बृजमार्फत वैकल्पिक यातायात सञ्चालन गरिएको थियो। तर २०८१ सालको असोजको अर्को बाढीले त्यो पनि बगाएपछि हाल पुनः नयाँ बेल्ली बृज निर्माण थालिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय