खानेपानी सिचाइ सूचना

पाँचथर। श्री महादेव गुप्तेश्वर माध्यमिक विद्यालय, फुल्पा, फिदिम नगरपालिका–१४ ले विद्यालयको अक्षयकोषमा ३६ लाख २९ हजार १३४ रुपैयाँ संकलन गरेको छ। अक्षयकोष स्थापनामार्फत विद्यालयलाई दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्यसहित यो रकम संकलन गरिएको हो।

Nepalitheme

सोमबार एक विशेष समारोहबीच विद्यालयले अक्षयकोषमा सहयोग गर्ने १७१ जना दातालाई सम्मान गरेको थियो। पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सबै दातालाई सम्मान–पत्र प्रदान गरियो भने ५० हजार रुपैयाँभन्दा माथिको सहयोगकर्तालाई दोसल्लासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कमल बाँस्कोटाले जानकारी दिनुभयो। साथै, पाँच हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने दाताको नाम विद्यालय परिसरमा शिलालेखमा राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले विद्यालयको यस्तो पहल सराहनीय भएको बताउँदै भविष्यमा भौतिक संरचना निर्माणमा समेत नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “विद्यालयको अक्षयकोष स्थापनामा समर्पित विद्यालय परिवारको पहल उदाहरणीय छ,” उहाँले भन्नुभयो, “यसमा हामी पनि आवश्यक सहयोग गर्दै जानेछौं।”

ऊनको स्वीटर टेजर

विद्यालयमा हाल कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भइसकेको छ भने मातृभाषा सिकाइ कार्यक्रमअन्तर्गत लिम्बू भाषाको ‘आनिपान’ भन्ने कक्षा शैक्षिक सत्र २०८२ देखि सञ्चालनमा ल्याइएको प्रअ बाँस्कोटाले जानकारी दिनुभयो। उहाँका अनुसार, अक्षयकोषमा जम्मा भएको रकम मुद्दती खातामा राखी त्यसबाट प्राप्त ब्याजबाट अङ्ग्रेजी माध्यमलाई निरन्तरता दिइने, आर्थिक रूपले कमजोर परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्तिबाट अध्ययन सामग्री उपलब्ध गराइनेछ। साथै, भविष्यमा क्याम्पस तहको उच्च तथा प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने लक्ष्य लिइएको उहाँले बताए।

कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, मानव अधिकारकर्मी सूर्यकुमार निरौला, वडा अध्यक्ष राजन नेम्वाङलगायत विभिन्न दाताहरूको सहभागिता रहेको थियो।

उपप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक शिक्षा सशक्त बनाउन नगरपालिका लागिपरेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर फागोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय