पाँचथर। पाँचथर जिल्लामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि १९ ओटा परीक्षा केन्द्र तोकीएको छ। चैत्र ५ गतेदेखि हुने एसईईका लागि तोकिएका परीक्षा केन्द्रहरूमा २,७९७ परीक्षार्थीले सहभागिता जनाउनेछन्।

Nepalitheme

तोकिएका परीक्षा केन्द्रहरूमा विष्णु मा.वि च्याङथापु, थर्पू मा.वि थर्पू, अमरपुर मा.वि अमरपुर, सरस्वती मा.वि मच्छेबुङ मेमेङ, खलंगाटार मा.वि याङनाम, सिद्धदेवी मा.वि पिपलबोटे नांगीन, सिरिजंगा मा.वि गोपेटार, इधुङ मा.वि रानिटार, फिदिम माध्यमिक मा.वि, सिद्धदेवी मा.वि नवमिडाडा, पृथ्वी मा.वि यासोक, घुर्बिसेपञ्चमी मा.वि फाक्तेप, जयनारायण आदर्श मा.वि आङसाराङ, दुर्गा मा.वि रबि, इन्द्राणी मा.वि मौवा, आरुबोटे मा.वि मिक्लाजुङ–४, चन्द्रेवश्वर मा.वि लिम्बा, सुखबोध मा.वि फिदिम–३ र गढी मा.वि फिदिम–४ रहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए अनुसार, विष्णु मा.वि च्याङथापुमा तीन ओटा विद्यालयका १०४ जना विधार्थी परीक्षा दिनेछन् भने थर्पु मा.वि थर्पूमा चार ओटा विद्यालयका १२७ जना विधार्थीले परीक्षा दिनेछन्।

ऊनको स्वीटर टेजर

यसैगरी, अमरपुर मा.वि मा तीन ओटा विद्यालयका १२२ जना विधार्थी परीक्षा लेख्नेछन् भने सरस्वती मा.वि मच्छेबुङमा आठ ओटा विद्यालयका १५३ परीक्षार्थी परीक्षा दिनेछन्। खलंगाटार मा.वि याङनाममा पाँच ओटा विद्यालयका १९१ विधार्थी परीक्षामा सहभागी हुनेछन्। सिद्धदेवी मा.वि पिपलबोटेमा छह ओटा विद्यालयका १५५ विधार्थीले परीक्षा दिनेछन्।

सिरिजंगा मा.वि गोपेटारमा १० ओटा विद्यालयका २०३ विधार्थीले परीक्षा दिनेछन् भने इधुङ मा.वि रानिटारमा आठ ओटा विद्यालयका ३१७ विधार्थी परीक्षा लेख्नेछन्। फिदिम मा.वि मा पनि आठ ओटा विद्यालयका २४६ विधार्थीले परीक्षा दिनेछन्।

पाँचथरमा यस बर्ष नियमीततर्फ २,२९७ र ग्रेडबृद्धितर्फ ५ सय गरी जम्मा २,७९७ विधार्थीले एसईई परीक्षा दिनेछन्।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भट्टराईले परीक्षामा सहभागी हुने सबै विधार्थीलाई शुभकामना दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय