खानेपानी सिचाइ सूचना

पाँचथर।

Nepalitheme

प्रेस चौतारी नेपाल जिल्ला समिति पाँचथरको अध्यक्षमा मदन थापा चयन हुनुभएको छ । मङ्गलबार राति सम्पन्न शाखाको २७ औं स्थपना दिवस तथा  ७ औं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशनबाट चौतारीको उपाध्यक्षमा दुर्गा खनाल, जीवन गौतम, सचिवमा इवारा जवेगु, सहसचिवमा राजकुमार राइ, चिरञ्जिवि विश्वकर्मा, कोषाध्यक्षमा मौसम सम्वाहाम्फे, सदस्यहरुमा विकास घिमिरे, निसान लुइटेल,डेबिट ओझा, मनोज थापा, अप्सना रम्तेल,सन्तोष खनाल र पुङ्निहाङ नेम्वाङ चयन भएको प्रेस चौतारी पाँचथरका निवर्तमान अध्यक्ष रविन्द्र काफ्लेले जानकारी दिनु भयो ।

ऊनको स्वीटर टेजर

यस्तै, अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा सागर खनाल र दिलकुमारी योञ्जन  चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा रविन्द्र काफ्ले चयन हुनुभएको छ ।
यसै गरी  प्रेस चौतारी पॉचथरले संगठनको २७ औं स्थापना दिवस तथा शाखाको ७ औं अधिवेशनको सन्दर्भमा ३ जना पत्रकारलाई सम्मान गरेको छ । सम्मान गरिएकाहरुमा प्रेस चौतारी पॉचथरका निवर्तमान अध्यक्ष तुलसी थापा,सह सचिव चिरञ्जिवि विश्वकर्मा र सदस्य मौसम सम्बाहाम्फे हुनुहुन्छ ।

निवर्तमान अध्यक्ष थापालाई संघठनलाई अगाडी बढाउन पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको जिल्लाका निवर्तमान सचिव जीवन गौतमले बताउनुभयो ।
यस्तै विश्वकर्मा चौतारी पॉचथरको प्रतिनिधित्व गर्दै दलित पत्रकार मञ्च कोशी प्रदेश सदस्य तथा सम्बाहाम्फे आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रदेश सदस्यमा निर्वाचित हुनु भएकोमा  बधाई पत्र मार्फत सम्मान गरिएको चौतारी पॉचथरले जनाएको छ ।

तीनैजनालाई कार्यक्रमका प्रमूख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले दोसल्ला ओढाएर कदर पत्र वितरण गर्नुभएको थियो ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय