खानेपानी सिचाइ सूचना

फिदिम।

पाँचथर मानव सेवा समाजले फिदिम-२, पल्लोटारकी ६० वर्षीय फुलमाया नेपालीलाई खाद्यान्न सामग्री प्रदान गरेको छ।

Nepalitheme

आइतबार समाजका प्रतिनिधिहरू नेपाली बस्दै आएको कोठामा पुगेर उनलाई चामल, दाल, नुन, तेल र बिस्कुट प्रदान गरेका हुन्। साथै, समाजले उनलाई लत्ताकपडा समेत उपलब्ध गराउने जनाएको छ। पाँचथर मानव सेवा समाजका अध्यक्ष गोपाल तिम्सिनाले संस्थाले विपन्न, असहाय तथा प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई सहयोग गर्दै आएको बताए।

नेपाली हाल फिदिम नगरपालिका-४ बाट एकल महिला भत्ता पाउँदै आएकी छिन्। उनका श्रीमानको ६ वर्षअघि मृत्यु भएको थियो। श्रीमान्को काजकिरिया गर्दा ठूलो आर्थिक बोझ परेकाले उनी ऋणमा डुबेको बताउँछिन्। नेपालीका २३ वर्षीय छोरा छन्, तर परिवारको आर्थिक अवस्था नाजुक छ। सुगर र प्रेसर रोगसँग संघर्ष गरिरहेकी नेपालीले कोठा भाडा तिर्नसमेत कठिनाइ भइरहेको गुनासो गरिन्। उनी हाल पल्लोटारस्थित गोपाल ओझाको घरमा भाडामा बस्दै आएकी छिन्।

ऊनको स्वीटर टेजर

पाँचथर मानव सेवा समाज सात महिना अघि स्थापना भएको हो। संस्थाले फिदिम नगरपालिकाभित्रका विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्दै आएको छ। अध्यक्ष तिम्सिनाका अनुसार समाजले प्रत्येक महिना ‘एक घर, एक केजी चामल’ संकलन अभियान सञ्चालन गरी संकलित खाद्यान्न आवश्यकता भएका व्यक्तिलाई वितरण गरिरहेको छ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय