खानेपानी सिचाइ सूचना

फिदिम।

Nepalitheme

पाँचथरको फिदिम नगरपालिका-९ लुङ्फाबुङका दुई विद्यालयका विद्यार्थीलाई ‘हाम्रो साहारा पाँचथर’ संस्थाद्वारा न्यानो कपडा वितरण गरेका छन्।

मंगलबार फेमे सुवा आधारभूत विद्यालय लुङ्फाबुङका ६३ जना र शिद्धकाली आधारभूत विद्यालय तुम्रोकका ४२ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको हो। संस्थाका अध्यक्ष गजेन्द्र राईले वितरण कार्य सम्पन्न भएको जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

न्यानो कपडाको प्रायोजन तिम्बूपोखरी सप्लायर्स फिदिमका प्रोप्राइटर भरत अधिकारी र चेलिमाइती सपिङ सेन्टरका प्रोप्राइटर नरेन्द्र राईले गरेका थिए।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युगमणी सबेहाङ, विशेष अतिथि वडा नं. ९ का वडा अध्यक्ष गंगा राई, तेजबहादुर तुम्बापो, र आयोजक संस्थाका अध्यक्ष गजेन्द्र राईको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय