फिदिम।
नेकपा माओवादी केन्द्र फिदिम नगर कमिटीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले विपन तुम्रोकको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
नेकपा माओवादी केन्द्रका प्रदेश १ कमिटी अध्यक्ष हर्क नेम्बाङ मिक्सोको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्ष त्रयमा रिन्जी शेर्पा, कविरमान तुम्बापो, कृष्णकुमारी गुरुङ, सचिवमा बलबहादुर राई, सहसचिवमा सुरेन्द्र फेवार र कोषाध्यक्षमा हर्कमती राई (सरिता) निर्वाचित गरेको छ।

सदस्यीयहरुमा चाहाना कन्दङ्वा, भीमा कुमारी दुलाल बाँस्कोटा, तारा लोहार, टीका मगर शेर्पा, भीमबहादुर गुरुङ, फुर्तेम्बा शेर्पा, ज्ञानु दुंगाना, चिलाहाङ सम्बाहाम्फे, कमला फुएल, सन्ध्या राई, मनकुमार राई, गणेश तुम्रोक, राजकुमार राई, शर्मिला खवास, कामना राई, हेमकला राई, रामकुमार आङ्देम्बे, राजेन्द्र राई, गुमा कुमारी नेम्बाङ, मिलन नेम्बाङ, सन्तोष विक, अमरबहादुर राई, दुतबहादुर बुढाथोकी, कान्छा लिम्बु, सरिता हाङसरुम्बा, सिता गिरी बर्देवा, राजेन्द्र राई, चन्द्रकला नेम्बाङ, धर्मराज नेम्बाङ, धनकुमार नेम्बाङ, शिखर राई, जय प्रेम तुम्रोक, रविना मगर, सुमन बुढाथोकी, प्रिती लामिछाने, मैनादेवी श्रेष्ठ, गणेशराज बाँस्कोटा, धनकुमार थाम्सुहाङ र मनकुमार राई चयन भएको हो।
निर्वाचित पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक सन्तकुमार राईले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराएका थिए। निर्वाचन समितिका सदस्य रामप्रसाद बाँस्कोटाले अधिवेशनको प्रक्रिया र परिणामबारे जानकारी दिएका थिए।
शुक्रबार सुरु भएको अधिवेशन राति अबेर नसकिएपछि शनिबार सम्पन्न भएको थियो। उद्घाटन सत्र निवर्तमान नगर कमिटी अध्यक्ष देवी थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सहसचिव मनकुमार राईले गरेका थिए।
उद्घाटन सत्रमा प्रमुख अतिथि हर्क नेम्बाङ मिक्सो, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सिता थेबे, केन्द्रीय लेखा आयोग सदस्य नरबहादुर दुलाल, जिल्ला संयोजक विशाल रसाइली, प्रदेश कमिटी सदस्य दिनेश लावती, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रदेश कमिटी सदस्य शंकरध्वज नेम्बाङ, टीका प्रकाश नेम्बाङलगायत नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए।
नेताहरूले पार्टी संगठनलाई थप सुदृढ गर्दै आगामी २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो पार्टीका रूपमा स्थापित गर्न सबै सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।