फिदिम।

Nepalitheme

फिदिम नगरपालिका–२ नम्बर वडा कमिटी, नेकपा माओवादी केन्द्रले बाढीपहिरोबाट प्रभावित ४ जनालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा पार्टीले पीडित परिवारलाई राहत प्रदान गरेको हो।

गत असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले फिदिम–२ मा जनधन र भौतिक क्षति पुर्‍याएको थियो। पहिरोले बिजय नेम्वाङ, बिरेन्द्र तुम्बापो र मिलन तुम्बापोको घर बगाएको थियो भने अन्जना राईको घर पहिरोले पुर्दा ज्यान गएको थियो। राईको माइती मणि राईलाई आर्थिक सहयोग गरेको हो। सहयोग मिलन तुम्बापोलाई ४ हजार र अन्य तीनजनालाई ८ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको वडा कमिटीका अध्यक्ष डिबी मुखियाले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

राहत हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख तथा माओवादी केन्द्रका प्रदेश सदस्य राधाकृष्ण न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उपप्रमुख न्यौपानेले विपत्तिमा परेका परिवारलाई घर निर्माणका लागि नगरपालिकाबाट नि:शुल्क जस्तापाता उपलब्ध गराउने बताउनुभयो।

पूर्ण क्षति भएका चार परिवारले घर निर्माण गर्नुपरेमा पार्टीले जनश्रमदान गर्ने निर्णय गरेको वडा कमिटीले जानकारी दिएको छ।

बाढीपहिरोका कारण मेची राजमार्ग अन्तर्गत रमिते क्षेत्रमा ३ हप्तासम्म आवतजावतमा समस्या आएको थियो। फिदिम–२ मा मात्र एक जनाको ज्यान जानुका साथै दर्जनौँ घर बगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय