झापा।

Nepalitheme

लागुऔषध प्रयोगकर्ताले भारतबाट नेपाल भित्र्याउने विभिन्न उपाय अपनाउँदै आएका छन् । यसैबीच, बिस्कुटको प्याकेटभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई जना मेची पुलमा पक्राउ परेका छन् ।

 

गएराति ८ः३० बजे काँकरभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिकाको ५ नम्वर स्थायी ठेगाना भई हाल दमक २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

उनीहरुले झोलामा पतन्जली दूध लेखिएको बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउनसुगर ल्याएका थिए । प्लाष्टिकबाहेक ४ ग्राम ब्राउन सुगरसहित दुवैलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय