पाँचथर।
‘ए’ डिविजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौं फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
फिदिम खेलमैदानमा शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ३(१ गोलअन्तरले पराजीत गर्दै चर्च ब्वाइज फाइनल प्रवेश गर्यो । खेलको ४३ औं मिनेटमा दिनेश शेर्माको गोलबाट फिदिमले अग्रता बनाए पनि पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ६२ औं मिनेटमा विदेशी खेलाडी अर्माण्ड बिडोमले टिमको लागि दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई २(१ को अग्रता दिलाए । अर्का विदेशी खेलाडी फोफोना अबायोमीले ८४ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई ३(१ को जीत दिलाए । खेलको म्यान अफ् दि म्याच चर्च ब्वाइजका फोफोना ओबायोमी बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे ।
अब चर्च ब्वाइजले शनिबार मच्छिन्द्र फुटवल क्लव र न्यू रोड टिम (एनआरटी) बीच हुने प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलको बिजेतासँग पुस १५ गते उपाधिका लागि खेल्नुपर्नेछ । प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए ।