पाँचथर।

Nepalitheme

एथलेटिक्स संघ पाँचथरले शुक्रबार जिल्लाबासी दुई खेलाडीहरुलाई सम्मान गरेका छन्।

सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रमकाबीच गत वर्षको राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता निक्कि नेम्बाङ र एथलेटिक्स खेलाडी इन्द्रमाया जबेगुलाई सम्मान गरिएको हो। खेलकुदको माध्यमबाट जिल्लाको प्रतिष्ठा उच्च बनाएको भन्दै उनीहरुलाई सम्मान गरिएको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेञ्जो)ले बताए।

सम्मानित नेम्बाङ पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपबासी हुन्। एथलेटिक्समा अन्तरराष्ट्रिय स्तरमा समेत अनुभव संगालिसक्नुभएकी उनी साहसिक साइक्लिङ राइडर पनि हुन्। कार्यक्रममा बोल्दै सम्मानित दुबै जनाले आफ्नो जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको बताए। खेलकुदको माध्यमबाट आफ्नो गृह जिल्लालाई चिनाउन हरसम्भव प्रयास गर्ने सम्मानित नेम्बाङले बताइन्।

जिल्ला एथलेटिक्स संघका पदाधिकारी तथा कार्यसमिति सदस्य एवंम् सञ्चारकर्मीहरुको सहभागितामा उनीहरुलाई सम्मान गरिएको हो। यसैबीच कार्यक्रममा जिल्ला एथलेटिक्स संघका गतिबिधि र आगामी योजनाबारे जानकारी गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय