फालेलुङ। 

Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका–३, थकेपुङमा नेपाल रेडक्रस सोसाइटी पाँचथर र फालेलुङ उपशाखाको संयुक्त आयोजनामा तीन दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

मंगलबारदेखि सुरु भएको तालिम बिहीबार समापन भएको उपशाखा फालेलुङका सभापति जयप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो। उहाँका अनुसार ग्रामीण क्षेत्रमा हुने साना–ठूला दुर्घटना तथा प्राकृतिक प्रकोपका समयमा घाइतेहरूको उद्धार र प्राथमिक उपचारमा तालिमले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

ऊनको स्वीटर टेजर

फालेलुङका ८ वटै वडाबाट २४ जना सहभागी रहेको तालिममा, दुर्घटनामा घाइते भएका बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने तथा तत्काल उद्धारका उपायबारे सिकाइएको थियो। सहभागीहरूले तालिमबाट गाउँस्तरमा हुने समस्याहरू हल गर्न उपयोगी ज्ञान हासिल गरेको बताएका छन्।

उपशाखाका सभापति बाँस्कोटाले ग्रामीण क्षेत्रमा यस्ता तालिम सञ्चालन गर्न चुनौती भए पनि स्थानीय जनताको जीवन रक्षाका लागि यो महत्त्वपूर्ण भएको बताउनुभयो।

समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाँचथरका सभापति कृषप्रसाद बाँस्कोटा लगायतका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रम संयोजक गुरु तिम्सिनाका अनुसार तालिमले स्थानीयस्तरमा आपतकालीन स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय