इलाम  ।  इलाममा गएराती ट्रकमा च्यापिएर चालकको मृत्युु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका-३ सल्लेनीमा ट्रक मर्मतको क्रममा च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापाका ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nepalitheme

काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि-दमक सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत सल्लेनीमा बिग्रिएपछि मर्मतका क्रममा च्यापिएर गएराती साढे १२ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए ।

‘चक्काको नटबोल्ट भाँचिएपछि चालक तामाङले जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिएछ्न्’ एसपी ढकालले भने ।

मृतक तामङको सब पोस्टमार्टमका लागि झापाको दमक पठाईएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय