पाँचथर । गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिममा हाडजोर्नी सम्बन्धी शिविर आईतबार सुरु भएको छ ।

Nepalitheme

अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रमलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले दिप प्रज्वलन गरी शिविरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई संवोधन गर्दै नगरप्रमुख काफ्लेले विपन्न वर्गका लागि शिविरले राहत मिल्ने बताए । खर्च अभावमा उपचार नपाएकाहरुले शिविरवाट लाभ लिन सहज हुने उल्लेख गर्दै नगरप्रमुख काफ्लेले कुनै सरकारी लगानी विना स्वास्थ्य क्षेत्रको महत्वपूर्ण कार्य सुरु गरेको भन्दै अस्पताल र स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

१० दिनसम्म सञ्चालन हुने शिविरमा शरीरमा राखिएका स्टील, रड र प्लेट निकालिने अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । शिविरमा निशूल्क शल्यक्रिया सेवा उपलब्ध गराईने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य परीक्षण वापतको न्युनतम शूल्क मात्र निर्धारण गरिएको उनले जानकारी दिए ।

शिविरमा वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर देउमान लिम्बू, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन र एमडीजीपी डाक्टर विनयकुमार शाहद्धारा विरामीको स्वास्थ्य परिक्षण तथा उपचार हुने शल्यक्रिया विभागका प्रमुख सागर ढुंगेलले बताए । शिविरमा पाँचथर, तेह्रथुम र ताप्लेजुङका विरामीले सेवा लिने गरी नामावली संकलन भईरहेको अस्पतालका व्यवस्थापक उमेश राईले जानकारी दिए ।

खर्चको अभावमा शरीरमा स्टील, रड र प्लेट लिएर हिड्न बाध्य विरामीको अवस्थालाई मध्यनजर राख्दै शिविर सञ्चालन गर्ने तयारी गरिएको डाक्टर देउमान लिम्बूले बताए । shaktipost

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads