पाँचथर । पाँचथरमा जारी सातौ तरुण गोल्डकप फुटबल प्रतियोगितामा याङवरक गाँउपालिका र फिदिम नगरपालिका आफनो पहिलो खेल जित्दै सेमी फाईनल प्रबेश गरेका छन् ।

Nepalitheme

शनिबार फिदिम माबिको मैदानमा भएको पहिलो खेलमा कुम्मायकलाई ३-१ गोलले पराजित गर्दै याङ्वरकले सेमी फाईनलको स्थान पक्का गरेको हो ।
याङवरकको जितका लागि दिपेश योङ्या, दिपेश लिम्बू र सुदिप योङ्याले गोल गरे । कुम्मायकका सुशील लावतीले सान्तवना गोल फर्काएका थिए । उद्घाटन खेलको म्यान अफ दी म्याच याङवरकका जमिन लक्सम भए । उनले १ हजार नगद पुरस्कार प्राप्त गरे ।
शनिबारनै भएको दोश्रो भएको खेलमा फालेलुङलाई १-० गोलले पराजित गर्दै फिदिम नगरपालिका पनि सेमिफाइनलमा प्रबेश गरेको छ । निकै प्रतिस्पधात्क खेलमा फिदिमका आयुस राईले गरेको गोल गदै टोलीलाइ जिताएका थिए । फिदिमका गोलकर्ता आयुश राई म्यान अफ दि म्याच घोसित भए । उनले १ हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगितमा पाँचथरका आठ पालिकाका फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बिजता टिमले १ लाख रुपैँया र उपबिजेता टिमले ५१ हजार रुपैँया प्राप्त गर्ने छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय