पाँचथरको फिदिम नगरपालिका वडा नं. ७ स्थित बराजु रंगशालामा सञ्चालन भइरहेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज तेस्रो दिन सम्पन्न भएको छ्।
वाल दिवसको अवसरमा भदौ २६ गतेदेखि सुरु भएको फूटबल प्रतियोगिता भोलि २९ गते फाईनल खेल हुने आयोजकले जानकरी दिएका छन्। आजभएको सेमिफाईन खेलहरूमा रोचक प्रतिस्पर्धा देखिएको थियो। पहिलो खेलमा पाँचथर फुटबल क्लबले देउमाई फुटबल क्लब इलामलाई ३-२ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। दोस्रो खेलमा, इलामको साखेजुङ खेलकूद विकास संस्थालाई ४-१ गोलले पराजित गर्दै इलाम फुटबल क्लबले पनि फाइनलमा प्रवेश गरेको हो।
भोलीको फाइनल खेल पाँचथर फुटबल क्लब फिदिम र इलाम फुटबल क्लबबीच हुने आयोकलले जनाए। प्रतियोगिता रानीटार युनाइटेड क्लबको आयोजनामा भइरहेको हो, जसको अन्तिम दिन भदौ २९ गते विभिन्न जातजातिका झाँकी र रोपाइँ जात्राको प्रदर्शन समेत गरिने आयोजकका अध्यक्ष टंक बहादुर गुरुङले जानकारी दिनुभयो। फूटबल प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार, र उपविजेता टोलीले एकाउन्न हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस प्रतियोगितामा पाँचथर, इलाम, र झापाका गरी आठवटा टिमले सहभागीता जनाएका छन्। विगतमा रानीटार मावि खेल मैदानमा मनाइने भदौरे जात्रा, जुन हिले जात्राका रूपमा पनि चिनिन्छ। केही वर्ष देशको विविध परिस्थितिका कारण स्थगित भएको थियो। केही वर्षयता पुनः बराजु रंगशालामा जात्रा पुनः सञ्चालन हुँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।