फिदिम।

फिदिम नगरपालिका वडा नं ७ स्थित बराजु रंगशालामा वाल दिवसको अवसरमा आयोजना गरिएको खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत, आज दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा, अर्जुनधारा फुटबल क्लब झापालाई टाइब्रेकरमा ३ गोलका विरुद्ध ४ गोल गर्दै साखेजुङ खेलकूद विकास संस्था इलामले विजय प्राप्त गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ।

त्यस्तै, दोस्रो खेलमा त्रिवेणी यूथ क्लब झापालाई ३-० गोल अन्तरले पराजित गर्दै इलाम एफसी इलाम पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। भोलीको खेलमा देउमाइ फुटबल क्लब इलाम र पाँचथर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल साखेजुङ खेलकूद विकास संस्था इलाम र इलाम एफसी इलामबीच हुनेछ। भोलीका खेलका विजेताहरूबीचको फाइनल खेल यही भदौ २९ गते दिउँसो ३ बजे हुने आयोजक रानिटार युनाइटेड क्लब अध्यक्ष टंक बहादुर गुरुङले जानकारी दिएको छ।

प्रतियोगिताको अन्तिम दिन, रानीटार युनाइटेड क्लबको आयोजनामा विभिन्न जातजातिका झाँकीसहित रोपाइँ जात्रा प्रदर्शन गरिने कार्यक्रम रहेको छ। ऐतिहासिक भदौरे जात्राका रूपमा परिचित हिले जात्रा, केही समय राजनीतिक परिस्थितिका कारण स्थगित भएपनि, पछिल्लो समय पुनः बराजु रंगशालामा सञ्चालन हुँदै आएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय