
फाल्गुनन्द, पाँचथर।
नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -४ वडा कमिटिको आयोजनामा श्रमदान मार्फत सडक मर्मत गरिएको छ ।
सोमबार राँके, गेलिभञ्ज्याङ, फाक्तेप, कोल्वुङ, आङसराङ, मेहेलवोटे र यासोक कृषी सडकको चिलिङदिन हेलाङ खण्डमा करिव १६ घनमिटर सोलिङ गरिएको फाल्गुनन्द गाउँपालिका -४ का वडाध्यक्ष दल वहादुर नेम्वाङले जानकारी दिनुभयो।
उक्त श्रम अभियानमा पार्टीका प्रदेश कमिटी सदस्य ठाकुर सिं नेम्वाङ ४ का वडा अध्यक्ष दल वहादुर नेम्वाङ लगायत पार्टीका नेताहरु र स्थानीयको उपस्तिथि रहेको थियो ।
आफनो गाउँघरको सडकको स्तरउन्नतिका लागि आफुले गर्न सक्ने आफै गरौं भन्ने सोचका साथ श्रमदानको आयोजना गरिएको नेकपा (माओवादी केन्द) प्रदेश कमिटी सदस्य ठाकुरसिङ नेम्बाङले बताए ।