पाँचथर ।

Nepalitheme

पछिल्लो समय पाँचथर जिल्लामा आत्माहत्या गर्नेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६३ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले तथ्यांक दिएका छन् ।

सुक्रबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै एक आर्थिक वर्ष भरी भएका कृयाकलापसँगै अपराधका घट्ना,अनुसन्धानका क्रममा प्रहरीले हासिल गरेका सफलता र कार्यालयमा दर्ता भएका मुद्वा र तिनको अवस्था जानकारी गराएको हो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक हेमन्त बहादुर भण्डारी क्षेत्रीले सार्वजनिक गरेको विवरण अनुसार उक्त आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा २ सय ३७ वटा अपराध सम्वन्धित मुद्वा दर्ता भएको तथ्यांक प्रश्तुत गर्नुभयो ।
जसमध्ये १ सय १२ मुद्वा फस्र्यौट हुनका साथै १ सय २५ वटा प्रकृयामा छन । यत्तिका घट्नामा १ सय ७२ जना प्रतिवादी पक्राउ परेका छन भने ३० जना फरार छन ।


जिल्लामा अपराधका घट्ना मध्ये सबैभन्दा धेरै भवितव्य ज्यान सम्वन्धि मुद्वा छन । यस्तै अभद्र व्यवहाका ३१ मुद्वा दर्ता भएकोमा ३९ जनाको संलग्नता पाइएको छ । जसमध्ये ३८ जना पक्राउ परेको तथ्यांकमा उल्लेख छ ।
वहु विवाहका १३,बैंकिङ कसुर सम्वन्धि ७,जवरजस्ती करणीका ११,चोरीका १७,फुटकर ज्यान सम्वन्धि ११,ज्यान मार्ने उद्योगका ८ वटा मुद्वा दर्ता भएका थिए ।


प्रहरी प्रमूख भण्डारीका अनुसार जिल्लामा उक्त आर्थिक वर्ष भर ५३ वटा सवारी दुर्घटना भएका थिए । जहाँ ९ जनाको ज्यान जानका साथै एक सय जना घाइते भएको तथ्यांक छ । 


उक्त आर्थिक वर्ष भर जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४सय १३ वटा सवारी साधन कार्वाहिमा परेका थिए । जहाँबाट १८ लाख ७७ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ ।


जिल्लामा उक्त आर्थिक वर्ष २१ पुरुष, ४२ महिला,७ बालक र २२ बालिका हराएको जसमध्ये १५ पुरुष,३९ महिला,७ बालक र २२ बालिका फेला परेको तथ्यांक छ ।


जिल्लाभर २३ घरेलु र ६५ वटा महिला हिंसाका घट्ना दर्ता भएका थिए । प्रहरीले सामुदायिक साझेदारी सचेतना मुलक कार्यक्रम,अल्पसंख्यकसँग प्रहरी कार्यक्रम,नागरिक सुनुवाइ र पीडित पुनः भेटघाट कार्यक्रम जस्ता अभियानलाई निरन्तरता दिएको छ । 


सो वर्ष आन्तरिक प्रशासनतर्फ कार्य सम्पादन मुल्यांकनका आधारमा ७४ प्रहरीलाई पुरस्कृत गरिएको,१३ जनालाई सजाय दिइएको, १ सय २४ जनालाई आधारभुत,६९ जनालाई सेवाकालिन र ५ सय ३० जनालाई घुम्ती प्रशिक्षण र अनुशिक्षण दिइएको पाँचथर प्रहरी प्रमूख भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय