पाँचथर ।

Nepalitheme

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा फिदिम नगरपालिका-६ सिवामा वृक्षरोपण गरिएको छ।

फिदिम-६ को ‘वृक्षरोपण गरौं, पर्यावरण वचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सिवाखोला देखि नवमीडाँडा सम्म पक्की सडकको छेउ भागमा १ हजार बिरुवा रोपिएको हो।

आज सन् २०२४ जुलाई ३१ तारिख विश्वभरि १९९५ देखि विश्व रेन्जर डे विश्वभर मनाउने गर्छन् । नेपालमा पनि सन् २०१७ देखि विश्व रेन्जर डे मनाउन थालेको छ । सोही अवसरमा पाँचथरमा पनि वृक्षरोपण गरेर मनाइएको डिभिजन वन कार्यलय पाँचथरका प्रमुख श्रीनारायण यादवले बताउनु भयो। वन वातावरण जोगाउने हिसाबले प्राकृतिक वा किर्तिम बोट विरुवालाई संरक्षण गर्ने त्यसले जलवायु परिवर्तनमा परेको असरलाई न्यूनीकरण गर्ने भएकोले विश्व रेन्जर डे मनाइने यादवको भनाइ छ।

वृक्षरोपणले वातावरण स्वच्छ राख्ने, वातावरण सुन्दरता देखाउने र वन जंगलबाट आयस्रोत पनि हुने भएकोले सामुदायिक वन र कबुलेती वनमा कल्की फूल, रातो शिरीष, तेजपत्ता, अम्बाक, कागती र कपुर बिरुवा रोपिएको फिदिम नगरपालिका -६ का वडा अध्यक्ष बिपन तुम्रोकले जानकारी दिनुभयो।

वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, विषेश अतिथि फिदिम नगरपालिका मेयर मित्र प्रसाद काफ्ले, नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ र अतिथिहरुमा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा पूर्व संसद सीता थेवे, नेपाली काङ्ग्रेस जिल्ला सभापति रुपनारायण जबेगू, माओवादीका जिल्ला संयोजक विशाल रसाइली, जिल्ला प्रशासन प्रमुख (सिडियो) विष्णु प्रसाद कोइराला, जिल्ला प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारी लगायत ३ सय जनाभन्दा धेरैको उपस्थितिमा वृक्षरोपण गरिएको वडा अध्यक्ष बिपन तुम्रोकले जानकारी दिनुभयो।

तस्विरहरु-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads