फालेलुङ।
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर-६ ओगेम्वा निवासी हर्कवीर योङछेन राई र असारमाया राईकी ३५ वर्षीय छोरी सजिना राई (सुस्मिता) राईलाई स्तन क्यान्सर भएपछि उनको उपचार, अप्रेसन र जीवनरक्षाको लागि २७ लाख भन्दा वढी रकम संकलन गरि बिरामीलाई हस्तान्तरण गरेका छन् ।
फालेलुङ गाउँपालिका वडा नं ६ श्री दीप ज्योति आधारभुत विद्यालयको प्रधानाध्यापक, श्री दीप ज्योति युवा क्लवको कार्यकारी निर्देशक, सामाजिक अभियन्ता सुनिल बान्तावाले सन्चालन गर्नु भएको अभियानमा संकलन भएको २७ लाख ११ हजार ४ सय २९ रुपैयाँ बिरामीको आफन्त र विरामीलाई शुक्रवार हस्तान्त्रण गर्नु भएको हो ।
केहि महिना अगाडी देखि दुवै स्तनमा तेस्रो चरणको क्यान्सर देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएको थियो । त्यसपछि पूर्वाञ्चल क्यान्सर अस्पताल झापामा उपचारको लागि बिरामीलाई ल्याए । त्यहाँ अप्रेसन गर्न ठुलो खर्च लाग्ने भएकोले बिरामीको थप उपचार, अप्रेसन र जीवनरक्षाको लागि आर्थिक सहयोगको अभियान चलाएको थियो । बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको, श्रीमानको पनि केही वर्ष अगाडी देहान्त भएको हुनाले सहयोगको लागि अपिल गरेको अभियानकर्ता सुनिल बान्तवाले बताउनु भयो ।
दुवै स्तनको सफल अप्रेसन र लामो समय सम्म अस्पतालमै रहि थप उपचार पछि विरामीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै आएको अभियन्ता बान्तवाले बताउनु भयो । अहिले दैनिक औषधी सेवन गरिरहेको र ३ / ३ हप्तामा अस्पताल गई डक्टरको परामर्श फलोअप गर्नु पर्ने बिरामीले बताए ।
सहयोग अभियान मार्फत देश तथा विदेशबाट आएको रकम हातमा लिदै बिरामीले भने ‘मलाई मृत्युको मुखबाट बचाइ जीवनदान दिनु भयो अभियानकर्ता र सहयोगी सवै सवैलाई कहिल्यै नबिर्सने भन्दै गहभरी आशु खसाल्दै धन्यवाद र आभार व्यक्त गरेका थिए ।