पाँचथरको फिदिम नगरपालिका – ७ का महिला वडा सदस्य भीमाकुमारी दुलाल(बाँस्कोटा)ले आफ्नो जन्मदिनको अवसरमा वृद्धआश्रममा १२ जना वृद्धलाई कपडा र फलफूल वितरण गरेकी छिन् ।
फिदिम-२ साम्दिनमा अवस्थित सिद्धपोखरी सेवा सदनबाट संचालित जेष्ठ नागरिक आश्रममा रहेको १२ जना वृद्धलाई संस्थाका अध्यक्ष राधिका थापाको उपस्थितिमा वितरण गरिएको राम प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो।
आफ्ना अभिभावक भएर वा नभएर बेसाहारा बनेको जेष्ठ वृद्धहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्यले आफ्नो विषेश दिनमा सहयोग गरेको दुलालले बताउनुभयो। दुलालले निर्वाचित भएदेखि नै आफ्नो जन्म दिनका दिन बालबालिका तथा जेष्ठ नागरिकलाई सहयोग गर्दै आएकी छिन् । दुलालले आफ्नो कार्यकाल सकिएपछि पनि निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
उनीले गतसाल पनि फिदिम नगरपालिका-४ माझीटारमा बस्तै आएको एक माझीको परिवार असार २ गतेको बाढीले आमा बाबा बगाएको अभिभावक बिहिन ९ वर्षकि प्रिन्शा माझीलाई पनि अध्यन अध्यापनको लागि आर्थिक सहयोग गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय