
फालेलुङ।
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ६ वर भञ्ज्याङ् नागी डाँडामा हेलिप्याड निर्माण गरिएको छ।
ग्रामीण बस्तीको आपतकालीन अवस्थालाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो। वडा सरकारको दुई लाख र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगूको मातहतबाट सिमेन्ट र रट उपलब्ध भइ निर्माण गरिएको हो।
नेपाली सेना रणशेर गण फिदिमको प्राविधिक सहयोग र गाउँपालिकाले जेसिबी मिसिन उपलब्ध गराइ निर्माण गरिएको वडा सदस्य सबिता राईले जानकारी दिनुभयो ।
हेलिप्याड निर्माणका लागि नि:शुल्क जग्गा पृथ्वी पति राईले दिनुभएको हो। हेलिप्याडको निर्माण कार्य ९५ प्रतिशत सकिएको वडा अध्यक्ष अमरविर राईले बताउनुभयो। जिल्लाकै ठुलो हेलिप्याड निर्माण भएको वडा अध्यक्ष राईले जानकारी दिए।





