उत्तर लिम्बू,पाँचथर ।

Nepalitheme

गोेर्खा राज्य विस्तार अघि हाम्रो पुर्वजको नाम याक्थुङ (लिम्बू ) भाषामा थियो, पछि गोर्खा राज्य विस्तार पछि हाम्रो पुर्वजका नाम उपनिवेश हिन्दु करण हुदै गएकोमा अहिलेको पुस्ताले पुन याक्थुङ लिम्बू भाषामा नाम राख्ने चलन बढाउँदै लगेका छन् ।

हाम्रो बुवा आमाका नामहरु सिदिन्हाङ, तान्छोहाङ, फुङ्लोती, फुङ्वामाबाट हिन्दुकरणभइ छपर सिंह , उजिरसिंह , अशोक, आशा, कविता रहन गएकोमा राजनीति परिवर्तनसँगै पहिचानको मुद्धाले मुर्तरुप लिएपछि पुन याक्थुङ लिम्बू भाषामा नाम राख्ने ट्रे बढ्न थालेको हो । देश गणतन्त्रमा गएसँगै अपनत्वले सबैभन्दा ठुलो ठाँउ लिएपछि पहिचानवादी आफ्नै भाषाको नाम राख्ने चलन बढ्दै गएको चन्द्रकुमार आङदेम्वे बताउनुभयो । उहाँले एक अंतर्वार्तामा भन्नुभयो राजनीतिप्रति सचेत युवाहरुको अपनत्वप्रतिको झुकाबको कारण आफ्नै भाषाप्रतिको माया बढ्दै गएको उहाँले बताउनुभयो ।

गोरखा राज्यको विस्तारसँगै हिन्दुकरणले अरु समुदायमाथि गरेको एकल जातीय राज्य विस्तारको उकुसमुकुसको जवाफ स्वरुप युवाहरुमा आफ्नो भाषाप्रतिको मोह बढेको मेचि ईङलिस बोर्डिङ स्कुलका लिम्बू शिक्षक सञ्जय लिम्बूले बताउनुभयो । प्रदेश सरकारले समेत लिम्बू भाषालाई सरकारी काजकाजी भाषाको रुपमा अघि बढाईरहेको अवस्थामा भाषाप्रतिको मोह बढ्नु स्वभाविक भएको फिदिम-५ चोकमागुका पूर्व शिक्षक अग्निप्रसाद तुम्वापोको बुझाई छ । भाषाप्रतिको मोह भरखरै सकिएको लिम्वू भाषाको ११, १२ को परिक्षाले पूष्टि गरेको उहाँले बताउनुभो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय