फिदिम ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फिदिम नगरपालिका–१२, नाङ्गिनमा अवस्थित सक्रान्ति आधारभूत विद्यालयमा कृषि विकास बैंकद्वारा कम्प्युटर, प्रिन्टर तथा अन्य आवश्यक कार्यालय सामग्री हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो।

कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोष अन्तर्गत विनियोजित बजेटबाट विद्यालयलाई आवश्यक कम्प्युटर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरिएको डिल्लीराम सुवेदीले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

कार्यक्रममा निर्मला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, बैंकका कर्मचारीहरू प्रज्वल तुम्बापो, एलिसा जवेगू र नवीन चापागाईको समेत सहभागिता रहेको थियो। साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि दाहालले विद्यालय र बैंकबीचको सहकार्यले शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक टंकप्रसाद चापागाईले प्राप्त कम्प्युटर, प्रिन्टर तथा अन्य कार्यालय सामग्रीले शैक्षिक तथा प्रशासनिक कार्यमा ठूलो सहजता पुग्ने बताउँदै बैंकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यालयको डिजिटल शिक्षण प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै निरन्तर सहकार्यको अपेक्षा समेत व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जसबहादुर राईले विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याएको भन्दै कृषि विकास बैंकप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी प्रज्वल तुम्बापोले गर्नुभएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय