Nepalitheme

 

पाँचथर जिल्लाको फिदिम–७, रानीटारस्थित कालिका कृषि सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभा शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। पाँचथर जिल्ला सहकारी संघका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा वडा सदस्य दलबहादुर राई, संस्थाका संस्थापक एवं सल्लाहकार समिति संयोजक ग्यनाथ बाँस्कोटा, पूर्व अध्यक्ष गुरु प्रसाद बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

ऊनको स्वीटर टेजर

संस्थाका सचिव पर्शुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा बन्द सत्रको क्रममा अध्यक्ष पर्वत राईले गत आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगति विवरण र चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमसहितको संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। यसैगरी कोषाध्यक्ष भीमा कुमारी दुलालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयर रकम ३४ लाख ५२ हजार ९ सय रुपैयाँ, बचत १ करोड ६८ लाख ७४ हजार ६ सय १७ रुपैयाँ, ऋण लगानी १ करोड ८९ लाख ५८ हजार ९ सय १० रुपैयाँ रहेको छ। त्यस्तै कुल आम्दानी ३३ लाख ७४ हजार २ सय ६३ रुपैयाँ, ब्याज आम्दानी २ लाख ८२ हजार ७ सय ५६ रुपैयाँ, कुल सञ्चालन खर्च ९ लाख १५ हजार २ सय ८० रुपैयाँ र ५ लाख ९७ हजार ३ सय ७६ रुपैयाँ खुद नाफा भएको विवरण प्रस्तुत गरिएको थियो।

साधारण सभामा लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ओमप्रकाश ढुंगानाले समितिको प्रतिवेदन पेस गरेका थिए। सो अवसरमा शेयरधनी सदस्यका सन्तानमध्ये सामुदायिक विद्यालयबाट एसईईमा उच्च ग्रेड प्राप्त गर्ने विनय अधिकारी, उच्च शेयरधनी बचतकर्ता लोकेन्द्र गुरुङ, ज्येष्ठ शेयरधनी बचतकर्ता दलबहादुर गुरुङ, ज्येष्ठ अपाङ्ग बचतकर्ता नरबहादुर गुरुङ, उच्च बाल बचतकर्ता खुसी लिम्बू र कनिष्ठ बाल बचतकर्ता जियाना बाँस्कोटालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो। सम्मान प्रमुख अतिथि रामप्रसाद बाँस्कोटा, वडा सदस्य बलबहादुर राई, संस्थापक अध्यक्ष ग्यनाथ बाँस्कोटा, पूर्व अध्यक्ष गुरु बाँस्कोटा, वर्तमान अध्यक्ष पर्वत राई तथा अन्य अतिथिहरूले संयुक्त रूपमा प्रदान गरेका थिए।

यसैबीच गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण घरमा पहिरो गई बस्न नहुने अवस्थामा पुगेका फिदिम–७ का शेयर सदस्य रमेशचन्द्र मिश्र र प्रेम राईलाई जनही पाँच हजार रुपियाँका दरले राहत सहयोग पनि हस्तान्तरण गरिएको थियो।

उपाध्यक्ष दिलबहादुर नेम्बाङले स्वागत मन्तव्य राखेको उक्त सभाबाट संस्थाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रमहरू समेत पारित गर्दै साधारण सभा सम्पन्न भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय