यासोक। पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष बंमप्रसाद लावतीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ। बिहीबार कुम्मायक–५ स्थित गुह्येश्वरी आधारभूत विद्यालय, दुम्सिपोखरीका ४१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

Pasupati Ayurvedic
Nepalitheme

लावतीले आफुले पाउने सेवा–सुविधाको ७ हजार रुपैयाँबाट कक्षा १ देखि ८ सम्मका ४१ जना विद्यार्थीलाई कापी, कलम र पेन्सिलसहितका शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्दै पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको उहाँको भनाइ छ। आफुले पालिकाबाट पाउँदै आएको तलब र भत्ताबाट विपन्न, असहाय तथा विद्यालयका बालबालिकालाई सहयोग गर्दै आएको स्मरण गर्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले जनाउनुभयो।

ऊनको स्वीटर टेजर

विद्यालयको शैक्षिक गुणस्तरसँगै भौतिक पूर्वाधार विकासका लागि घेराबार र खेलमैदान व्यवस्थापनमा पहल गर्ने बताउँदै लावतीले विद्यालयका बालबालिकाको पठनपाठनमा सामग्री वितरणमार्फत योगदान पुर्याएको भन्दै विद्यालयका अभिभावक सेरबहादुर थापा र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद बंम्जनले प्रशंसा गर्नुभयो।

सोही कार्यक्रममा अनिवार्य अवकाश प्राप्त शिक्षक खगेन्द्र खतिवडाको बिदाइ र शिक्षक मनोज ठटालको स्वागत गरिएको थियो। अवकाश प्राप्त शिक्षक खतिवडालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर बिदाइ गरिएको थियो।

शैक्षिक क्षेत्रमा लामो समयसम्म काम गरेको कदर स्वरूप खतिवडाले विद्यालयमा २० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मदनकुमार मौनालीले असल अभिभावकको भूमिका निर्वाह गर्दै बालबालिकालाई नकारात्मक विषयबाट टाढा राख्न आग्रह गर्नुभयो। उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत गाउँपालिकावासीलाई सजग र सचेत गराउँदै आएको स्पष्ट पार्नुभयो।

शैक्षिक सामग्री वितरण तथा शिक्षक स्वागत–बिदाइ कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय