पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षानिकाय तथा निर्वाचन अधिकृतबीच निर्वाचन आचारसंहिताका विषयमा छलफल भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

जिल्ला अदालत कार्यालय पाँचथरमा सम्पन्न छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन सुरक्षासँगै उम्मेदवारी मनोनयन प्रक्रियाबारे चासो व्यक्त गरेका थिए। निर्वाचन अधिकृतहरूले उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते तोकिएको जानकारी गराउँदै आवश्यक कागजात तथा प्रक्रिया बारे स्पष्ट पारेका छन्।

दलहरूले तोकिएको मितिमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छ, निष्पक्ष र मर्यादित प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएका छन्। उम्मेदवारी मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन आइतबार बसेको मुख्य निर्वाचन अधिकृतको सर्वपक्षीय बैठकले दलहरूका लागि फरक–फरक समय निर्धारण गरेको छ।

ऊनको स्वीटर टेजर

मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत निर्वाचन आचारसंहिताबारे जानकारी गराइएको हो। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउन बैठक आयोजना गरिएको उहाँले बताउनुभयो।

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने विषयमा सरोकारवाला सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय