पाँचथर ।

Nepalitheme
Pasupati Ayurvedic

हिलिहाङ गाउँपालिकामा किरात याक्थुङ चुम्लुङ (कियाचु) हिलिहाङ गाउँ कार्य समितिले आफ्नो भाषिक र सांस्कृतिक अस्तित्व खतरामा परेको र ऐतिहासिक स्थलहरूको नाम अप्रभंश भइरहेको भन्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

कियाचु हिलिहाङका अनुसार ऐतिहासिक मिलुङ वरकलाई “मृदुङ्गा झरना” भनेर उल्लेख गरिएको छ भने अन्य स्थानहरूको नाम पनि तोडमोड गरिएको छ। यसअघि पनि कार्यपालिका बैठकमार्फत नामहरू सच्याउन आग्रह गरिए पनि गाउँपालिकाले बेवास्ता गरेको भन्दै समितिले पुनः ज्ञापनपत्र बुझाएको हो।

ऊनको स्वीटर टेजर

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिलेन्द्र कुरुम्बाङ सुब्बा, कियाचु लिम्बुवान प्रदेश अध्यक्ष मधुराज केरुङ, कियाचु पाँचथरका सल्लाहकार सुरेन्द्र सुहाङ, सचिव कमल हाङ्सरुम्बा, कियाचु हिलिहाङका अध्यक्ष मान ब. हाङ्सरुम्बा, उपाध्यक्ष नन्दराज लोवा लगायत सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ज्ञापनपत्र ग्रहण गर्दै हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले विगतमा विविध कारणले ऐतिहासिक स्थलहरूको नाम सच्याउन नसकिएको बताए। तर उनले आगामी दशैँपछिको कार्यपालिका बैठकमा पहिलो एजेन्डाकै रूपमा विषय उठाएर अप्रभंशित नामहरू सच्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय