फिदिम।

Nepalitheme
Pasupati Ayurvedic

पाँचथरको फिदिममा सडक विस्तारका क्रममा ढालिएको ऐतिहासिक ‘लिम्बुवान गेट’ को पुनर्निर्माण कार्य सुरु गरिएको छ।

मेची राजमार्ग अन्तर्गत फिदिम बजार क्षेत्रमा सडक चौडाइ गर्ने क्रममा २०८० साल बैशाख २६ गते पुनर्निर्माण गर्ने सर्तमा उक्त गेट ढालिएको थियो। सोही समयमा लिम्बुवान गेट व्यवस्थापन समितिका संयोजक मधुराज केरुङको नेतृत्वमा गेट हटाइएको थियो।

ऊनको स्वीटर टेजर

गेट ढालिएपछि लामो समयसम्म पुनर्निर्माण कार्य अघि नबढ्दा स्थानीयवासीमा अन्योल बढ्दै गएको थियो। यसैबीच ‘लिम्बुवान गेट निर्माण तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद्’ ले पुनर्निर्माणको पहल गर्दै काम सुरु गरेको हो।

शुक्रबार बिहान गेट निर्माण कार्यको औपचारिक शुभारम्भ शिला पूजा गरी गरिएको छ। फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, विभिन्न राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा च्याब्रुङ र नौमती बाजासहित बजार परिक्रमा गर्दै सामूहिक रूपमा शिलान्यास गरिएको हो।

उक्त गेटको ऐतिहासिक पृष्ठभूमि अनुसार पञ्चायती व्यवस्था सुरु भएको २५ वर्ष पूरा भएको अवसरमा रजत वर्ष मनाउने क्रममा तत्कालीन जिल्ला पञ्चायत पाँचथरले लगानी गरी गेट निर्माण गरिएको थियो।

पहिले ‘मेन गेट’ नामले परिचित यस संरचनालाई २०६२/०६३ सालको जनआन्दोलनपछि संघीयता पक्षधरहरूले रङरोगन गरी ‘लिम्बुवान गेट’ नामकरण गरेका थिए।

मेची राजमार्ग विस्तार तथा कालोपत्रे गर्ने काम सुरु भएसँगै गेट हटाउनुपर्ने अवस्था आएपछि पहिचान पक्षधरहरूले यसको संरक्षण गर्नुपर्ने अडान राख्दै आएका थिए।

परिषद्का अध्यक्ष लक्ष्मण लावतीका अनुसार गेट पुनर्निर्माणको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ। निर्माण कार्यको जिम्मा फिदिम–२ स्थित अधिकारी निर्माण सेवाले लिएको छ र तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नयाँ गेटमा सिलाम साक्मा, नगरपालिकाको लोगो तथा च्याब्रुङलगायत सांस्कृतिक प्रतीकहरू राखिने जानकारी दिइएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय