राज कुमार इशारा, फालेलुङ। किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले आफ्नो २७औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

स्थापना दिवसको अवसरमा फालेलुङ गाउँपालिका–६ स्थित श्री छिरुवा आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा ५ जना छात्रालाई विद्यालय जाने झोला, ७ जनालाई टिफिन सेट र अन्य २९ जनालाई स्टेशनरी सामग्री प्रदान गरिएको थियो। यसरी ४१ जना विद्यार्थीलाई झण्डै १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको संघले जनाएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य मनकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा किरात राई यायोक्खा पाँचथरका पूर्वअध्यक्ष अशोक राई प्रमुख अतिथि रहनु भएको थियो भने संघका कार्यबाहक अध्यक्ष विपराज राई विशेष अतिथि रहनुभएको थियो। सो अवसरमा किरात राई पत्रकार संघका केन्द्रीय सचिव राजकुमार ईसारा, समाजसेवी रविन जवेगु, संघका पूर्वअध्यक्ष शोभा राई, विद्यालयका पूर्वविद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

ऊनको स्वीटर टेजर

कार्यक्रमका क्रममा संघका कार्यबाहक अध्यक्ष विपराज राईले यो सहयोग सानो भए पनि प्रोत्साहनका लागि गरिएको बताउनुभयो। उहाँले गत वर्षको बाढी पहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

सो अवसरमा प्रमुख अतिथि अशोक राईसहित अन्य अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शैक्षिक सामग्री पाएका विद्यार्थी खुसी भएको विद्यालयका निमित्त प्रधानाध्यापक भीमकुमार राईले जानकारी दिनुभयो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय