पाँचथर ।  पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुईमध्ये एक बालिकाको शव खोलामा फेला परेको छ।

Nepalitheme
Pasupati Ayurvedic

६ वर्षीया नमुना राईको शव बुधबार बिहान बिरुवा खोलामा फेला परेको स्थानीय सुर्य बेघाले जानकारी दिनुभयो।

गत शुक्रबार बिहान विद्यालय जान घरबाट निस्किएका नमुना र उनका दाजु ९ वर्षीय शिशिर राई त्यसयता सम्पर्कविहीन थिए। दुबैजना स्थानीय बिर्ख बहादुर राईका सन्तान हुन्। उनीहरूले नजिकैको पूर्ण आधारभूत विद्यालयमा पढ्दै आएका थिए। विद्यालय घरबाट करिब १५ मिनेटको उकालो यात्रा पर्ने बताइएको छ।

ऊनको स्वीटर टेजर

बालिकाको शव फेला परेपछि स्थानीयको जानकारीमा इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रुपेस तामाङले बताउनुभयो।

हाल घटनास्थलमा प्रहरी टोली पुग्ने क्रममा रहेको र अर्का बालक शिशिर राईको खोजी कार्य तीव्र पारिएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय