पाँचथर । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

Nepalitheme
Pasupati Ayurvedic

गीतमा असित थेगिम र यासेली योङहाङको शब्द, उत्तमजंग लावती लिम्बुको संगीत, र मेचु धिमालको स्वर रहेको छ। भिडियोलाई इसक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। रविना लिम्बुले शृङ्गार संयोजन गरेकी छिन्।

काठमाडौंमा छायांकन गरिएको भिडियोमा सागर केरुङ, मेचु धिमाल, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योति लिम्बू र मनु पाहिमको अभिनय देख्न सकिन्छ।

ऊनको स्वीटर टेजर

भ्वाइस अफ नेपाल सिजन–२ की सेमिफाइनलिस्ट समेत रहेकी मेचु धिमालले यसअघि दर्जनौं धिमाल भाषाका गीत गाइसकेकी छन्। लिम्बू भाषाको चलचित्र ‘रीत’ मा समेत स्वर दिएकी उनले ‘सथिक मेबोक्से’ र ‘आदाङ्बे सेवारो’सहित तीनवटा लिम्बू गीत सार्वजनिक गरिसकेकी छन्।

धिमाल र लिम्बू भाषाबाहेक उनी दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। डेढ दशक लामो संगीत यात्रामा मेचुले देशका विभिन्न मञ्चमा आफ्ना प्रस्तुति दिँदै आएकी छिन्।

भिडियो हेर्नुस् 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय