पाँचथर ।

Pasupati Ayurvedic
Nepalitheme

फाल्गुनन्द गाउँपालिकामा कार्यरत मेलमिलापकर्ताहरूलाई सम्मान तथा प्रोत्साहनस्वरूप विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आयोजित कार्यक्रममा मेलमिलापकर्ताहरूको वार्षिक समिक्षा, अनुभव आदानप्रदान र उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको हो।

न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीका अनुसार, स्थानीय विवाद समाधानमा उल्लेखनीय योगदान पुर्‍याउने ९ जना मेलमिलापकर्तालाई नगदसहित सम्मान गरिएको हो। सम्मानित हुनेमा वडा नं. १ का लोकेन घिसिङ, भिम हुँमागाई र चन्द्रराज आङ्देम्बे, वडा नं. ४ का मोतीराज नेम्बाङ, विनिता आङ्देम्बे र पूर्णविर नेम्बाङ तथा वडा नं. ५ का गणेश चेम्जोङ, भगीरथ चेम्जोङ र डिगम्बिर नेम्बाङ रहेका छन्।

ऊनको स्वीटर टेजर

साथै वडा नं. १ देखि ७ सम्मका सबै मेलमिलाप केन्द्रहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ठाकुरसिंह नेम्बाङले गरेका थिए भने पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै अध्यक्ष आङ्देम्बेले मेलमिलापकर्ताहरूको समर्पणले गाउँमै सस्तो, सहज र समुदायमै आधारित विवाद समाधान सम्भव भएको उल्लेख गर्दै उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। “स्थानीय तहको न्यायिक संयन्त्र बलियो बनाउन मेलमिलापकर्ताहरूको योगदान अतुलनीय छ,” अध्यक्ष आङ्देम्बेले भने, “तपाईंहरूको निष्ठाका कारण थुप्रै विवादहरू गाउँमै टुंग्याउन सकिएको छ।”

कार्यक्रममा मेलमिलापकर्ताहरूले आफ्ना अनुभवहरू आदानप्रदान गर्दै तालिम, कानुनी साक्षरता, स्रोतसाधन तथा प्राविधिक सहयोगको माग गरेका थिए। उनीहरूले गाउँस्तरमा नियमित अभिमुखीकरण आवश्यक रहेको औँल्याउँदै मेलमिलाप प्रणालीलाई अझ सुदृढ बनाउन सुझाव राखेका थिए।

साथै, सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको स्पष्टिकरण न्यायिक समिति संयोजक ठाकुरसिंह नेम्बाङ र सदस्य सागर नेम्बाङले दिएका थिए। हालै सम्पन्न ४८ घन्टे मेलमिलाप तालिममा सहभागी भई सूचीकरणमा परेका नयाँ मेलमिलापकर्ताहरूलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो। साथै, वर्षा ऋतुलाई मध्यनजर गर्दै सहभागीहरूलाई छाता वितरण गरिएको थियो।

गाउँपालिकाका अनुसार, मेलमिलाप प्रणालीलाई आगामी दिनमा थप संस्थागत, पहुँचयोग्य र प्रभावकारी बनाउने योजना अघि सारिएको छ। जिल्लाका आठ स्थानीय तहहरूमध्ये न्यायिक कार्यसम्पादन र प्रक्रिया प्रभावकारिताका आधारमा फाल्गुनन्द गाउँपालिका अग्रणी स्थानमा रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय