पाँचथर । राजन पल राईको शब्द तथा संगीतमा तयार पारिएको “सेवारो” बोलको गीत शुक्रबार साँझ सार्वजनिक गरिएको छ। चर्चित गायक राई इच किङ राजेशपायल राईको स्वर रहेको यस गीतलाई Four B. Picture युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Pasupati Ayurvedic
Nepalitheme

सांगीतिक भिडियोमा कलाकार सुमिन गुरुङ र प्रज्ञा राईको अभिनय रहेको छ। यो गीतको काठमाडौंको तीनकुने र सिकालीचौर लगायत स्थानहरूमा छायांकन गरिएको गीतकार राजन पल राईले जानकारी दिएका छन्।
भिडियोले विशेषगरी राई समुदायको सांस्कृतिक स्वरूपलाई समेटेको छ।

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२, एकतिनमा जन्मिएका राई लामो समयदेखि काठमाडौंमा बसेर सांगीतिक सिर्जनामा सक्रिय छन्। हालसम्म उनले झण्डै ३० वटा गीतमा शब्द तथा संगीत भरेका छन्।

ऊनको स्वीटर टेजर

राजन पल राईले विभिन्न जातीय र सांस्कृतिक गीतहरूमा काम गर्दै जाने योजना रहेको बताएका छन्। “सेवारो” गीतको निर्देशन विजयराज मगरले गरेका हुन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय