पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा गत असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले क्षति पु-याएका सामुदायिक विद्यालयका २ सय १२ जना विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको छ।

Pasupati Ayurvedic
Nepalitheme

फ्रान्समा रहेका पासाङ शेर्पा लामाको संयोजकत्वमा संकलित रकमबाट ट्र्याकसुट, जुत्ता र बर्खायाममा आवश्यक ओढ्ने छाता प्रदान गरिएको हो।

नेपालबाट कुबेर नेपाली र सुनिल वान्तावाको सहजीकरणमा दीप ज्योति युवा क्लबमार्फत ती सामग्रीहरु प्रभावित विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले जानकारी दिए।

ऊनको स्वीटर टेजर

उनका अनुसार गाउँपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालयका बाढी–पहिरो पीडित २ सय १२ जना विद्यार्थीलाई उक्त सामग्री प्रदान गरिएको हो।

पुनः वर्षा सुरु भएसँगै विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा सहज वातावरण मिलोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको वान्तावाले बताए। उनका अनुसार अघिल्लो वर्ष २०८० सालदेखि नै यो क्षेत्रमा बारम्बार बाढी र पहिरोले क्षति पुर्‍याउँदै आएको छ। धेरै अभिभावक अझै पनि आर्थिक समस्याका कारण आफ्ना छोराछोरीलाई पढाइ र पोशाकको भरपुर सुविधा दिन असमर्थ छन्।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय