फिदिम, पाँचथर ।
फिदिम नगरपालिका–४ स्थित गडि माध्यमिक विद्यालयले संस्थापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, प्रधानाध्यापक तथा जग्गादाताहरूलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ। विद्यालयको स्थापनाकालदेखि हालसम्मको योगदानलाई कदर गर्दै शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको हो।

Nepalitheme
Pasupati Ayurvedic

वि.सं. २०४५ साल जेठ २१ गते स्थापना भएको गडि माविमा नेतृत्व गरेका व्यवस्थापन समिति (बिवस) का पूर्व अध्यक्षहरू प्रेमसागर तुम्बापो, टीएन लावती, पृथ्वी लावती, सीता खवास लावती र उपेन्द्र लावतीलाई सम्मान गरिएको छ। यस्तै, संस्थापक समिति अध्यक्ष स्व. तुलसीराम तुम्बापो, सदस्यहरू स्व. हर्कप्रसाद लावती, नरबहादुर लावती, डिकबहादुर देवन तथा संस्थाका तत्कालीन प्रधानाध्यापक रामप्रसाद चेम्जोङ पनि सम्मानित भएका छन्।

विद्यालय स्थापनामा योगदान पु¥याएका जग्गादाता छत्रमाया तुम्बापो तथा स्व. गाउँमाया तुम्बापोको नाममा आइन्द्र तुम्बापोले सम्मान ग्रहण गरे। साथै, नेपाली सेनाका पूर्व उपरथी होमबहादुर लावतीलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयबोध लावतीले जानकारी दिए।

ऊनको स्वीटर टेजर

कार्यक्रममा प्रमुख अतिथि फिदिम नगरपालिका नगरप्रमुख मित्रप्रसाद काफ्ले, विशेष अतिथि नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, शिक्षा विकास समितिका संयोजक, वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र लावती, फिदिम माविका प्रधानाध्यापक विनोद ठाकुर, सम्मानित व्यक्ति, अभिभावक तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख काफ्लेले पछिल्लो समय विद्यालयको भौतिक र शैक्षिक क्षेत्रमा गुणात्मक सुधार देखिएको उल्लेख गर्दै नगरपालिकाबाट भवन निर्माणदेखि गुणस्तरीय शिक्षामा निरन्तर सहयोग भइरहेको बताए।

विद्यालयका वर्तमान प्रधानाध्यापक मानध्वज थाम्सुहाङका अनुसार यस शैक्षिक सत्रदेखि कक्षा १ मा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु गरिएको छ। साथै, विद्यालयमा दृष्टिविहीन र फरक क्षमताका विद्यार्थीहरू पनि अध्ययनरत छन्। ती विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने कार्यमा विद्यालयले सक्रियता देखाएको र आगामी दिनमा नगरपालिका थप सहयोग गर्ने उपप्रमुख न्यौपानेले बताए।

विद्यालयलाई गोर्खा वेल्फेयर संस्था (गुर्का वेल्फेर ट्रष्ट) ले पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय