पाँचथर । पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयाेजना र  कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता बैशाख ८ देखि १० गतेसम्म हुनेछ ।

Nepalitheme

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । शुक्रबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल,विमेन सिंगल र मिक्स डबल्सको प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

ऊनको स्वीटर टेजर

प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ५८ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

निकट भविष्यमा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए ।

प्रतियोगितालाइ फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको बताइएको छ । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय