
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । विद्यालयका १५ जना माझी समुदायका बालबालिकाहरुलाई जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । जनसेवा समाजको बार्षिक कार्यक्रम अन्तरर्गत माझी समुदायका विद्यार्थी अध्यायन गर्ने विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीले विद्यालयमा आयोजित एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई मार्फत शैक्षिक सामाग्री बितरण गुर्नभएको हो ।
विपन्न र लोकउन्मुख माझी समुदायका बालबालिकाहरु अध्यायन गर्ने विद्यालयमा शैक्षिक गुणस्तर र खेलकुदको क्षेत्रको विकासको लागि व्यक्तिगत रुपमा सहयोग गरेको अधिकारीको भनाइ छ । गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईले शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको बताउँदै अधिकारीको प्रशंसा गर्नुभयो । गाउँपालिकाबासीको लागि जनसेवा समाजले गरेको सहयोगलाई गाउँपालिकाले सम्मान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । शैक्षिक सामाग्री हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रअ देबेन्द्र नेपाल, जनप्रतिनिधि र अभिभावकको सहभागीता रहेको थियो ।
