फालेलुङ।

Nepalitheme
Pasupati Ayurvedic

फालेलुङ गाउँपालिकामा सञ्चालित निजी विद्यालयहरूको छाता संगठन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) फालेलुङले आफ्नो तेस्रो वार्षिक उत्सव माघ २९ गते विभिन्न कार्यक्रमसहित मनाएका छन्।

फालेलुङ-३ स्थित कञ्चन निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष महेन्द्रहाङ जबेगु उपस्थित हुनुभएको थियो। साथै, कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक संघका प्रतिनिधिहरू तथा विद्यार्थी, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ऊनको स्वीटर टेजर

उत्सवका अवसरमा शैक्षिक गतिविधिसहित नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा श्री रामतारा बोर्डिङ स्कुल, फालेलुङ-६ ले हाजिरीजवाफ, वक्तृत्वकला र नृत्य गरी तीन विधामा प्रथम स्थान हासिल गर्दै समग्रमा उत्कृष्ट विद्यालय बन्न सफल भयो। ब्राइट स्टार बोर्डिङ स्कुल, फालेलुङ-५ ले नृत्यमा दोस्रो स्थान हासिल गर्दा कञ्चन शिक्षा निकेतन, फालेलुङ-३ तेस्रो स्थानमा रह्यो। वक्तृत्वकलामा कञ्चन शिक्षा निकेतन दोस्रो, युथ इनिसिएटिभ बोर्डिङ स्कुल, फालेलुङ-२ तेस्रो स्थानमा रहे। त्यस्तै, हाजिरीजवाफमा कञ्चन शिक्षा निकेतन दोस्रो स्थानमा पुग्न सफल भयो।

कार्यक्रममा फालेलुङ गाउँपालिकामा सञ्चालित आठ वटा बोर्डिङ स्कुलको सहभागिता रहेको थियो। फालेलुङ प्याब्सनका अध्यक्ष भुवानीप्रसाद आङ्थोपुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम विविध प्रस्तुति र प्रतिस्पर्धाका कारण उत्साहजनक बनेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय